१९ श्रावण २०८३, मंगलबार | August 5, 2026

साइबर ब्यूरो निर्माणमा कोरियाली सहयोगप्रति उपप्रधानमन्त्री श्रेष्ठले गरे आभार



काठमाडौ   ।  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोगले शिष्टाचार भेट गरेका छन् ।
आज गृह मन्त्रालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल र कोरियाबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको थियो । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्वपूर्ण विकास साझेदार रहेको र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०मार्फत नेपाल प्रहरी साइबर ब्यूरोको निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगप्रति आभार दिए ।
नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
  उपप्रधानमन्त्री श्रेष्ठले प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवद्र्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाइएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा कोरियाली साथ र सहयोगको निरन्तरताको अपेक्षा राखेको बताए ।
रोजगार अनुमति प्रणाली ९इपिएस० कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकामा धन्यवाद दिँदै उहाँले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्नसमेत आग्रह गरे ।
  काठमाडौँ र सोलबीच सिधा हवाई उडान सम्पर्क स्थापना गर्न सकेमा नेपाल आउने दक्षिण कोरियाली पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने, नागरिक–नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उनको  भनाइ थियो । गृहमन्त्री श्रेष्ठले नेपाल भ्रमण गर्ने कोरियाली नागरिकको सुरक्षामा निश्चिन्त हुनसमेत आग्रह गरे ।

प्रकाशित मिति : १२ भदौ २०८०, मंगलबार  ३ : ५१ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा