६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ



काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी प्रकरणमा रोल्पाका राहुल महरा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महरालाई बुधबार दिउँसो पक्राउ गरेको हो । महरा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका कान्छा छोरा हुन् ।

चिनियाँ व्यापाराीले ल्याएको सुनसहितको भेप त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएपछि महराले त्यसलाई छुटाउन भन्सार प्रमुखलाई फोन गरेका थिए । उनको दुई सय भन्दा बढी पटक सुन तस्करीमा संलग्न व्यापारीसँग फोन सम्पर्क भएको थियो ।

यसअघि महरालाई पक्राउ नगरेको भन्दै सरकार विरुद्ध आलोचना भैरहेको थियो ।

राहुल महराले भने आफु अनुसन्धानलाई सहयोग गर्न सीआईबीमा उपस्थित भएको दाबी गरेका छन् ।
‘हामीमाथि हिलो छ्याप्ने कोसिस भएकाले स्वयम सिआइबीमा उपस्थित भै अनुसन्धानमा सहजीकरण गर्दैछु। नबिराउनु, नडराउनु,’ महराले बुधबार अपरान्ह फेसबुकमा लेखेका छन्।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ४ : २० बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज