३ श्रावण २०८३, आइतबार | July 19, 2026

भेपमार्फत सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जना विरुद्ध संगठित अपराध अभियोगमा मुद्दा दायर

साढे सात वर्षको कैद सजाय माग



काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाई सुन तस्करी गरेको प्रकरणमा राहुल महरासहित चारजनामाथि साढे सात वर्षको कैद सजायँ माग गर्दै मुद्दा दायर भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गरेको अनुसन्धानको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा महरासहित चार जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।

पूर्वसभामुख कृष्णबहादुर महराका कान्छाछोरा राहुल बाहेक मुद्दा दर्ता गरिएका अन्य तीन जनामा लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङ रहेका छन् । तीन जना प्रहरीको नियन्त्रणमा रहेपनि निमा छिरिङ भने फरार छन् ।

प्रहरीले रेशम महरा भनिने राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद माग गरेको छ । यसैगरी संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी गरेको छ ।
यसैगरी बेल्जियन नागरिक दाओजिन वाङलाई भने आपराधिक विश्वासघात, भन्सार ऐन र संगठित अपराधमा मुद्दा चलाएको छ ।

भेपमार्फत सुन तस्करी प्रकरणमा ८ करोड रुपैयाँभन्दा बढीको बिगो कायम गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ११ : ३० बजे

१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता

काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले

सांसद खुस्बु ओलीलाई फेसबुकबाट धम्की दिएको आरोपमा बुटवलका व्यवसायीसहित दुई पक्राउ

काठमाडौं । बुटवल घर भई नारायणगढमा व्यवसाय सञ्चालन गर्दै आएका

जोखिमको अवस्था हेरेर मात्रै सवारीसाधन चलाउन दिने

काठमाडौं । सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई

तापक्रम वृद्धिसँगै आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम । तापक्रम वृद्धिभएसँगै जनकपुरस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या