४ पुस २०८२, शुक्रबार | December 20, 2025

नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई दिन सशस्त्र महानिरीक्षक प्रहरी प्रधान कार्यालयमा



काठमाडौं । नेपालको सुरक्षा अङ्गका प्रमुखहरुले नयाँ संस्कारको थालनी गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा बढुवा भएसँगै अर्को सुरक्षा अङ्गका प्रमुख नेपाल प्रहरी कै प्रधान कार्यालय पुगेर बधाई ज्ञापन गर्ने परम्पराको थालनी भएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पुर्ण चन्द्र थापा प्रहरी प्रधान कार्यालय पुगेर बधाई दिएको ३ दिन पछि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिन प्रहरी प्रधान कार्यालय पुगेका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार भेटघाट गरी नेपालप्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिएका हुन् ।

भेटघाटका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनाल र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षकथापा क्षेत्रीले सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’प्रदान गरेका थिए ।

भेटघाटका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३० असार २०७७, मंगलबार  ७ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको