७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन



बेनी । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ ।

सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरुलाई आवास ब्यवस्थापनमा सहज भएको छ । नवनिर्मित भवनको बिहिबार गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन गरे ।

“पूर्वाधारले प्रहरी कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनेको छ,” उनले भने “प्रबिधीको प्रयोग गरि प्रहरी सेवाको गुणस्तर सुधारमा जोड दिएका छौ ।” बेनी नगरपालिका–४ का वडा अध्यक्ष भगवान खड्काका अनुसार वि.स. २०५० अघि स्थापना भएको सिंगा तातोपानी प्रहरी चौकीले तीन दशकपछि आफ्नै भवन पाएको हो ।

“वि.स. २०५० अघिनै सिंगामा स्थापना भएको प्रहरी चौकी हालसम्म भाडाको घरमा सञ्चालन हुदै आएको थियो,” उनले भने “वि.स. २०६८ मा नेपाल सरकारको रु. १० लाख ५० हजार र सिंगा तातोपानी कुण्डको रु. चार लाख २५ हजारमा खरिद भएको दुई रोपनी जग्गामा गण्डकी प्रदेश सरकारले बजेट ब्यवस्था गरेपछि भवन निर्माण सम्भव भएको हो ।”

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि वि.स. २०८१ असारमा रु. तीन करोड ५१ लाख सात सय २९ मा दिव्यज्योति निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो । उद्घाटनका अवसरमा निर्माण कम्पनी, जग्गा खरिदमा सहयोग गर्ने तातोपानी कुण्ड, वडा कार्यालय र सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।

निर्माण कम्पनीले निर्धारित समय भित्रनै भवन निर्माण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयनकक्षहरु छन् ।

यसअघि म्याग्दीमा जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका थिए । इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी, राखु भगवती प्रहरी चौकीको आफ्नै भवन छैन् । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको प्रहरी नायव महानिरीक्षक घर्तीक्षेत्रीले बताए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  १ : ३७ बजे

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच

निलो स्कार्फ सम्झाउँदै कांग्रेसको प्रश्न – ‘त्यो संसदीय थियो भने अहिलेको विरोध कसरी अमर्यादित ?’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले अघिल्लो प्रतिनिधिसभामा

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

बेनी । म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको

संसदमा खोजियो छिनछिनमा बत्ती काटिने समस्याको समाधान

काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित नेकपा (एमाले)का

विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु

काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि परेका