२० माघ २०८२, मंगलबार | February 3, 2026

नेपाल प्रहरीका ४८ एसपी र १२० डीएसपीको सरुवा (सूचीसहित)



काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना डीएसपीको को सरुवा गरेको छ । भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी एसपीको सरुवा गरिएको जनाइएको छ ।

जसमा जिल्ला प्रहरी कार्यालय बारामा सुरेश काफ्लेलाई पठाइएको छ भने सप्तरीमा गजुसिद्धि बज्राचार्य, पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय भक्तपुरमा वेद विष्टलाई सरुवा गरिएको छ । रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, सुनसरीमा विपिन रेग्मी, उदयपुरमा रमेश थापा, इलाममा वासुदेव खतिवडा, कास्कीमा मोहन कुमार थापा, दाङमा रामबहादुर केसीलाई पठाइएको छ ।

यस्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरले १२० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेका छन् । योसँगै केही जिल्ला प्रहरी कार्यालय र उपत्यका स्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् ।

जसमा अमरबहादुर थापा क्षेत्रीलाई प्रहरी वृत्त महाराजगञ्जमा सरुवा गरिएको छ । उनी प्रहरी प्रधान कार्यालय स्थित मानवस्रोत विकास विभागमा कार्यरत थिए । प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ ।

यसैगरी प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई लगिएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा टेक बहादुर कार्की, कालिकोटमा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरत बहादुर शाह, पर्वतमा खुमलाल भुसाल तथा सङ्खुवासभामा घनश्याम श्रेष्ठलाई सरुवा गरिएको छ ।

एसपीको सूची

१२० डीएसपीको सूची


प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ८ : १२ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको