३१ असार २०८३, बुधबार | July 15, 2026

व्यापारीलाई कोरोना सङ्क्रमण देखिएपछि जुम्लामा निषेधाज्ञा जारी



जुम्ला । चन्दननाथ नगरपालिका–५ को मूल बजारका व्यापारीलाई कोरोना सङ्क्रमण देखिएपछि यहाँको सदरमुकाम खलङ्गामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना सङ्क्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको हो । सङ्क्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को ६ ९३० बमोजिम निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणबाट चन्दननाथ नगरपालिका–५ को मूल बजार क्षेत्रका एकजना महिला व्यवसायीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

उनले भने, ‘भाइरस स्थानीय स्तरसम्म फैलिन सक्ने भएकाले निषेधाज्ञा जारी गरेको हो ।’ प्रजिअ भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको सूचनामा २०७७ असार ३० गते दिँउसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको उल्लेख छ ।

चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो ।

निषेधाज्ञाका समयमा औषधि पसल स्वास्थ्य सेवाबाहेक अरू सम्पूर्ण क्रियाकलाप पूर्णरुपमा बन्द गर्ने जनाइएको छ ।
जुम्लामा ६५ जना कोरोना सङ्क्रमितमध्ये ५१ जना निको भएर घर फर्केका छन् । त्यसैगरी अहिले आइसोलेशनमा १४ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा मङ्गल रावलले बताए ।

जिल्ला बाहिरबाट आएका यस जिल्लाका चार हजार ४८६ जनाको पिसिआर परीक्षण भएको जनाएको छ । ४४२ जनाको आरडिटी परीक्षणमा एक जनाको रिपोर्ट भने पोजेटिभ देखिएको थियो ।

यसअगाडि गत जेठ २१ देखि २३ गतेसम्म स्थानीयवासीले लकडाउनको उल्लङ्घन गरेको भन्दै जुम्ला सदरमुकाम खलङ्गामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको थियो । रासस

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ४४ बजे

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली