३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बुटवल रक्सले मनायो पाचौं वार्षिकोत्सब



बुटवल । बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रम बुटवलको कन्सेप्ट क्लबमा सम्पन्न भएको छ । कार्यक्रममा अग्रज संगीतकर्मी सुरेश सेन्चुरी, नारायण थापा, सुदन बास्कोटा लगायत पुर्वान्चल रक्सका बोर्ड सदस्य उत्सव भट्टराईको पनि उपस्थिति रहेको थियो ।

बुटवल, पाल्पा, भैरहवा सेरोफेरोमा रहेका संगीतिक व्याण्डहरुको साझा समूह बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रममा संगीतकर्मी, संगीत पारखीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सिन्थेसिस नेपाल व्याण्डको प्रमुख भूमिका थियो भने विभिन्न संगीतकर्मीहरुद्वारा आफ्नो प्रस्तुती संयुक्त रुपमा प्रस्तुत गरेका‌ थिए । कार्यक्रमलाई थप उत्साह बनाउन राफल चिठ्ठाको पनि आयोजना गरिएको थियो ।‌ ड एज व्याण्ड, रकजिन, म्युजिक हब, सिम्फोनी म्युजिक, म्युजिक सप‌, हाम्रो बुटवल खस्यौलीबाट गिफ्टहरु सहयोग स्वरुप प्राप्त भएको जानकारी बुटवल रक्सका सचिव अनुप प्रधानले‌ गराए ।

बुटवल रक्सको पाचौं वार्षिक उत्सव कार्यक्रम सुरज हितानको संयोजकत्वमा भएको थियो भने लाइट र एलइडि स्क्रिन धिरज सुनार,‌ लोगो डिजाइनमा‌ सुजन‌ मानन्धर, साउण्ड टेक्निसियन लब श्रेष्ठले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सुरेश सेन्चुरीज्युलाई मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरी कार्यक्रम स्थल सहयोग प्रदान गरिएकोमा‌ कन्सेप्ट क्लबलाई सम्मान स्वरूप फ्रेम्ड सर्टिफिकेट प्रदान गरिएको थियो ।

कार्यक्रममा कन्सेप्ट क्लबका संचालक अतित थापाले कलाकारहरुलाई निरन्तर साथ गरिरहने प्रतिबद्धता जनाएका थिए भने प्रमुख अतिथि सुरेश सेन्चुरीज्यु द्वारा पुराना संगीत, पुराना व्याण्डहरुको र अहिलेको युवा व्याण्ड,‌ फरक कला‌ शैली, ती दिनहरुमा प्रयोग हुने म्युजिक सिस्टम, कार्यक्रम स्थल र अहिलेको सहजीकरण विच निकै फरक र सहज पनि रहेको जानकारी गराए ।

कार्यक्रमले स्थानीय व्याण्डहरुको पहिचानसँगै एकता कायम गर्दै अगाडि बढ्न प्रेरित गरेको र आगामी दिनमा अझै कलात्मक कार्यक्रमहरु आयोजना गरिने र यसमा सम्पूर्ण संगीतकर्मीहरुको साथ, सल्लाह रहिरहन्छ भन्ने कामना बुटवल रक्सका‌ अध्यक्ष बसन्त श्रेष्ठले बताए ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ९ : ४४ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका

बुटवलमा ‘रिभोलुसन डान्स प्रतियोगिता २०८३’ हुने, विजेताले पाउनेछन् ५५ हजार बढी नगद

बुटवल । युवा प्रतिभाको प्रस्फुटन तथा नृत्यकलाको प्रवर्द्धन गर्ने उद्देश्यले

स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय र प्रदेश तहको