४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुन तस्करी प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान



काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसँग बयान लिएको छ ।

सीआईबीले पुनलाई बोलाएर बयान लिएको हो । सुन तस्करी प्रकरणका आरोपीहरुसँग पुनको निकै नजिकको सम्बन्ध रहेको देखिएपछि सीआईबीले बयान लिएको हो । पुन र तस्करीका आरोपी दाब छिरिङबीच व्यापारिक साझेदारी नै रहेको रिपोर्ट सार्वजनिक भएका छन् । छिरिङले विवाह गरेकी रोल्पाकी अमला रोकामगरसँग पुन परिवारको सम्बन्ध रहेको छ । छिरिङ र अमलासहित पुन दुई वर्ष अघि हेलिकोप्टरमा गोसाईंकुण्डको भ्रमणमा गएको सार्वजनिक भएको थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै मोटरसाइकलको ब्रेकसुसहितको सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । सो सुन तस्कर िप्रकरणमा हालसम्म ६ जना विदेशीसहित २५ जना पक्राउ परिसकेका छन् । पहिला राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको यो प्रकरणमाथि अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  २ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको