२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

ग्लोबल आइएमई बैंक र भिजि इम्पेक्स बीच समझदारी पत्रमा हस्ताक्षर



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जि इम्पेक्स प्रा.लि. (जिडब्लुएम नेपाल) बीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतिय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अनुसार बैंकले, भि जि इम्पेक्स प्रा.लि. तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने इन्धनमा आधारित ह्याभल ब्राण्डका एसयुभि, पावर ब्राण्डका पिकअप तथा ओआरए ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकहरुले आवश्यक कागजात तथा विवरण सहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात ३ कार्यदिन भित्र बैंकले नियमानुसार उचित ठह¥याएका ग्राहकलाई सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

उक्त समझदारी पत्रमा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र भि जि इम्पेक्स प्रा.लि. का उपाध्यक्ष रुपेश शर्मा भट्टले हस्ताक्षर गरेका हुन् ।
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले बिभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ९ : ०४ बजे

‘हेलो सरकार’ एकीकृत सेवा व्यवस्थापन प्रणालीमा रुपान्तरण हुँदै

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासा सुनुवाइ प्रभावकारी

उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना

काठमाडौं । काठमाडौं उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र

बृद्धभत्ता बुझेर घर फर्कने क्रममा खोलाले बगाउँदा एक वृद्धको मृत्यु

दाङ । स्थानीय बाच्छे खोलाले बगाउँदा बुधबार एक वृद्धको मृत्यु

क्यान्सर अस्पतालको प्रयोगशाला र एक्सरे सेवा २४ सै घण्टा संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल