१३ बैशाख २०८३, आइतबार | April 26, 2026

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आज, फैसला आउने अनुमान



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कार मुद्दाको पेशी आजका लागि तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा नाबालिक बलात्कार अन्तर्गत उनीविरुद्धको विचाराधीन मुद्दाको आज पेशी तोकिएको हो । उक्त मुद्दाको अन्तिम बहस विभिन्न कारणले पटक–पटक स्थगित हुँदै आएको छ ।

सन्दीपविरुद्ध मुद्दा हालेकी गौशाला–२६ (काल्पनिक नाम)को पक्षमा वरिष्ठ अधिवक्ता सुनीता रेग्मीले बहस गर्नेछिन् । सन्दीपविरुद्धको मुद्दाको पेशी गत भदौ १० गते आइतवारका लागि तोकिएको थियो । सोही दिन अन्तिम फैसला हुने भनिएको भएपनि त्यस दिन फैसला हुन सकेन ।

त्यसपछि सन्दीप एसिया कप खेल्नका लागि पाकिस्तान उडेका थिए । पाकिस्तान र श्रीलंकामा एसिया कप खेलेर उनी बुधवार स्वदेश फर्किएका छन् ।

१७ वर्षकी एक ‘नाबालिग’ किशोरीले सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै अघिल्लो वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १० : १९ बजे

बुटवलका सरकारी जग्गामा बनेका घरटहरामाथि चल्यो डोजर (फोटो फिचर)

लुम्बिनी । उपमहानगरपालिका–४ स्थित उच्च अदालत तुलसीपुर बुटवल इजलास अगाडिको

‘पूर्वप्रधानमन्त्री अधिकारी – प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन