१६ श्रावण २०८३, शनिबार | August 1, 2026

रिजालको पार्थीव शरीर श्रद्धान्जलीका लागि राष्ट्रिय सभागृहमा, आर्यघाटमा अन्त्येष्टि गरिने



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष एवम् नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालको पार्थिवलाई श्रद्धान्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ ।

स्वर्गीय रिजालको पार्थीव शरीरलाई अहिले ११ बजेदेखि १२ बजेसम्म श्रद्धान्जलीका लागि सभागृहमा राखिएको हो । त्यसपछि पशुपति आर्यघाटमा १२ ३० देखि १३० बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि राखिने र २३० बजे दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

निमोनियाबाट ग्रस्त भएका रिजालको आज बिहान ७ ३० बजे काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

रिजालको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुख व्यक्त गरेका छन् । देउवाले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्याएको सक्रिय योगदानको स्मरण गर्दै रिजालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गरेका छन् ।

रिजाल नेपाली कांग्रेसको काठमाडौं महानगरको संगठन निर्माणमा सक्रिय नेताको रुपमा चिनिन्थे । २०२७ सालमा जन्मिएका उनी २०४६ सालको जनआन्दोलनको क्रममा प्रहरी हिरासतमा परेका थिए ।

रिजाल कामपा वडा नं. १६ मा दुई पटक वडाध्यक्षको रुपमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ११ : १२ बजे

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा

फर्निचर ब्यवसायी महासंघ लुम्बिनीमा पुन: सुरेन्द्र ज्ञवाली

बुटवल । नेपाल फर्निचर तथा फर्निसिङ ब्यवसायी महासंघ प्रदेश समन्वय

बाँके र बर्दियाका यातायात व्यवसायीहरुले क्यान्सर रोगका बिरामीहरुलाई निःशुल्क यातायात सेवा दिने

नेपालगन्ज । बाँके र बर्दियामा क्रियाशिल यातायात व्यवसायीहरुले क्यान्सर रोगका

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका