२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

शम्शेरगन्ज बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो (मृतकको नामावलीसहित)



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा परि चालक, सहचालक सहित ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३१ जना घाइते भएका छन् ।

बर्दिया ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहको टोली लिएर दाङ गएको बस फर्कने क्रममा ट्रकसँग ठोक्कीएको हो । दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रहरीले सुरुमा चितवनबाट नेपालगन्ज आउँदै गरेको जानकारी दिएपनि घाइतेहरुको बयान पछि दुर्घटनाको थप विवरण जानकारी दिएको हो ।

दुर्घटनामा मृत्युहुनेमा कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चौधरी, चालक गोविन्द ठकुरी (जुगबहादुर चन्द) र एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  ११ : ३७ बजे

बैंकिङ कसुर मुद्दामा फरार खजुराकी अनु पक्राउ

नेपालगन्ज । फरार अभियुक्त पक्राउलाई तिब्र पारेको बाँके प्रहरीले बैंकिङ

संविधानले आकार नै लिनसकेको छैन, बरु थप गिजोलिँदै गएको छ, समीक्षा र सुधार जरुरी छ : पूर्व सभामुख ढुङ्गाना

काठमाडौं । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको

पतिको हत्या अभियोगमा पत्नी पक्राउ

दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको

अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू होराइजनलाई

बुटवल । बुटवलमा सम्पन्न भएको अन्डर-यू-१४-टी-२० क्रिकेट प्रतियोगिताको उपाधी न्यू