९ श्रावण २०८३, शनिबार | July 26, 2026

अमेरिकी कम्युुनिष्ट पार्टीले ‘साम्राज्यवादी’ भन्दै जलाए आफनै देशको झन्डा



वासिंगटन डिसी । अमेरिकन कम्युनिष्ट क्रान्तिकारीहरूको समूहले शिकागोमा जेसन एल्डियन कन्सर्ट बाहिर धेरै अमेरिकी झण्डाहरू जलाएका छन ।

फक्स न्युजका अनुसार कम्युनिष्ट प्रदर्शनकारीहरूले अमेरिकामा मार्क्सवादी क्रान्तिमा विश्वास गर्ने रेभकम (क्रान्तिकारी कम्युनिष्ट पार्टी) को बारेमा चेतना जगाउने क्रममा आफनो राष्ट्रको झन्डा जलाएका हुन । उनीहरुले अमेरिकी शाषकलाई ‘जनावरपेट’ समेत भनेका छन् ।

रेभकमका कार्यकर्ताहरूले अमेरिकी झण्डा जलाएपछि पुलिसले सो कार्यलाई ‘गैरकानुनी’ भनेको छ । उनीहरुको सभालाई गैर कानुनी घोषणा गर्दै यस्तो कार्य र उनीहरुको यस्तो खाले सक्रियताले धेरैलाई चिन्तित र विचलित बनाएको प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

‘क्रान्तिकारी कम्युनिष्ट पार्टीले विश्व क्रान्तिको प्रमुख अंश र साम्यवादको अन्तिम उद्देश्यका लागि साम्राज्यवादी अमेरिका बिरुद्ध क्रान्तिको नेतृत्व गर्ने जिम्मेवारी लिएको छ’ सो पार्टीको वेबसाइटमा लेखिएको छ । सो समूहको घोषणापत्रले माओको ‘वैज्ञानिक विधि’ को प्रयोग र सांस्कृतिक क्रान्तिका केही पक्षहरूलाई विश्वास गरेको जनाउँदै चीनमा भएको माओकालिन सांस्कृति क्रान्तिको प्रशंशा गरेको छ ।

‘हामीले यो एउटा सानो शहरमा प्रदर्शन गर्यौं,’ केहीले अमेरिकी झण्डा जलाएपछि रेभकम्सका कार्यकर्ताले भने।

प्रदर्शनकारीहरूले आलोचकहरूले हालै आएको एल्डियनको गीतलाई उल्लेख गर्दै भने, ‘अब तपाईहरु पनि आ आफनो शहरमा यस्तो प्रयास गर्नुहोस् अनि धनी र गरिब बिचको ठुलो खाडल अन्त्य गर्न सहयोग गर्नुहोस् ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ९ : २५ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको