२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयबीच सहकार्य सम्झौतापत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी भएको सम्झौताका लागि काठमाडौँ विश्वविद्यालयलाई धन्यवाद दिँदै प्रहरीका कर्मचारीका सन्ततिलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततिलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा डा थापाले नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताए । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उनले उल्लेख गरे ।

उक्त सम्झौताअनुसार काठमाडौं विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र नौवटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्नेछ । सम्झौता हस्ताक्षर भएको दिनदेखि पाँच वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलको समग्र शैक्षिकस्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।

उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेल एवं प्रहरी वरिष्ठ अधिकृतको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  १ : ३४ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल