१० चैत्र २०८२, मंगलबार | March 24, 2026

शुक्रबार देखि खजुरा क्यान्सर अस्पतालमा रहेको बिरामी कुरुवा घर सञ्चालनमा आउँदै

क्यान्सरको सम्पूर्ण उपचारको अन्तिम तयारीमा क्यान्सर अस्पताल



खजुरा । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल परिसरमा निर्माण गरिएको हस्पिक सेन्टर (बिरामी कुरुवा घर) को शुक्रवारदेखि संचालनमा आउने भएको छ ।

लायन्स क्लबका अन्तराष्ट्रिय डाईरेक्टर पिएमजेएफ लायन बालकृष्ण बुर्लाकोटीबाट लायन्स क्लब ईन्टरनेशनल फाउन्डेस र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आर्थिक सहयोगमा लायन्स क्लब अफ नेपालगन्ज खजुरा र लायन्स क्लब अफ नेपालगन्ज सेन्टरले निर्माण गरेको (बिरामी कुरुवा घर) शुक्रबार समुदघाटन तथा भवन हस्तान्तरण गरिने लायन्स क्लब अफ नेपालगन्ज खजुराका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

हस्पिक सेन्टर (बिरामी कुरुवा घर) सञ्चालनमा आएपछी क्यान्सर अस्पतालमा आएका जटिल प्रकृतिका बिरामीका कुरुवाहरुलाई धेरै सहज हुने अध्यक्ष भण्डारीले बताए । अस्पतालमा अहिले बहुप्रतिक्षित लिन्याक मेसिन सञ्चालनको अन्तिम चरणमा रहेको छ । लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो । उक्त मेसिनको सेवा लिन एक महिनादेखि ९० दिनसम्म पालो पर्खनुपर्ने बाध्यता हुन्छ । हस्पिक सेन्टर (बिरामी कुरुवा घर) सञ्चालनमा आएपछि बिरामी र आफन्तलाई होटलमा बस्नुपर्ने र महंगो पैसा तिर्नुपर्ने बाध्यता टर्ने विश्वास गरिएको छ ।

झण्डै १ करोडा ५० लाखको लागतमा निर्माण् गरिएको हस्पिक सेन्टरमा १५ वटा कोठा रहेका छन । सबै कोठामा अट्याज बाथरुम र कमन किचन समेत रहेको भण्डारीले बताए । बिरामी र कुरुवाले सेवा शुल्कमात्र दिएर न्युन शुल्कमा हस्पिक सेन्टरको सेवा लिन सक्ने उनले बताए ।

यस्तो छ अस्पतालको क्यान्सर उपचारको तयारी :

अस्पतालमा संचालनको प्रतिक्षामा रहेको करिब २७ करोड मुल्यको लिन्याक मेसिनले पाठेघरको मुख, स्तन, नाक, कान घाटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरेर उपचार गर्न मद्धत गर्दछ । अहिले उक्त मेसिनको सेवा लिन बिरामीहरु भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन् । भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै अस्पतालमा क्यान्सरका बिरामीहरुका लागि बनाइएको पोजिटिभ प्रेसर आइसीयु पनि निर्माण गरिएको छ । यो आइसीयु पनि संभवतः लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा पहिलो पोजिटिभ प्रेसर आइसियु भएको क्यान्सर अस्पतालका मेसु डा निरज भट्टराईले बताए । सो आइसीयू क्यान्सरका सिकिस्त बिरामीहरुका लागी उपयुक्त हुनेगरी हावा भित्र्याउने र बाहिर पठाउनेगरी भेन्टिलेसन गरिएको आइसीयू हो । जुन क्यान्सर बिरामीका लागि बरदान हो । यसैगरी अस्पतालमा रक्त क्यान्सरका बिरामीहरुको उपचारका लागि हेमाटो–अंकोलोजी वार्ड पनि सन्चालनमा आएको छ ।

अस्पतालमा चौबिसै घण्टा ल्याब तथा एक्स रे सेवा, अनलाइन बाटै अपोन्टमेन्ट र रिपोर्ट दिने सेवा सुरु भएको छ । अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सकको टिमले बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा मेडिकल अंकोलोजी, सिटी स्यानको माध्यबाट गरिने वायोप्सी, किमोथेरापीलगायत सबै किसिमका क्यान्सरको पहिचान र उपचार सेवा दिनसक्ने अवस्थामा पुगेको छ । २०६५ सालमा स्थानीय जनताहरुले महायज्ञमार्फत आर्थिक संकलन सुरु गरी पछि नेपाल सरकारले जिम्मा लिएको उक्त अस्पताल सुविधा बिस्तार र सेवा सुधारमा उल्लेखनिय प्रगति हुँर्दै आएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ५ : ३४ बजे

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई