७ श्रावण २०८३, बिहिबार | July 23, 2026

डाक्टर कुटपिटमा संलग्न चार जना पक्राउ



काठमाडौं। हेटौंडामा डाक्टरमाथि कुटपिट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालभित्र पसेर चिकित्सकमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले रमा प्रधान, रोहित प्रधान, रमिता प्रधान र अनुप प्रधानलाई बिहीबार पक्राउ गरिएको जनाएको छ।

एक महिनाअघि डेंगु सङ्क्रमित हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए। डेंगु सङ्क्रमित प्रधानको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो।

पीडितले दिएको निवेदनको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। रितपूर्वक जाहेरी परेपछि कानूनअनुसार थप कारबाही अगाडि बढाइने डीएसपी भण्डारीले बताए।

 

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ८ : ११ बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका