२४ माघ २०८२, शनिबार | February 7, 2026

अस्ताए पूर्व कम्युनिष्ट नेता तथा सञ्चार उद्यमी पुष्पमान श्रेष्ठ



काठमाडौं । सञ्चार उद्यमी समेत रहेका पूर्वशिक्षक, उद्योगी तथा पूर्व कम्युनिष्ट नेता पुष्पमान श्रेष्ठको निधन भएको छ । उद्यमी श्रेष्ठको शुक्रबार साँझ ५ बजे आफनै निवास सोल्टीमोड काठमाडौंमा ७४ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठ भदौ २५ गते सोमबार डेङ्गी संक्रमण भएपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना भएका थिए । मुटुका दिर्घरोगी रहेका श्रेष्ठलाई अस्पतालले परिवारको सदस्यको इच्छामा शुक्रबार मध्यान्ह अस्पतालबाट डिस्चार्ज गरेको थियो ।

श्रेष्ठको २००६ पुष ६ गते पिता दिपबहादुर श्रेष्ठ र माता लालकुमारी श्रेष्ठको माइला छोराका रूपमा बागलुङ नगरपालिका–३ कम्पुटोलमा जन्म भएको थियो ।

श्रेष्ठले एबिसी टिभीको संस्थापक अध्यक्ष र नयाँ विश्वका पूर्वअध्यक्ष रहेर सञ्चार उद्यमीको भुमिका निभाएका थिए भने नेपाल पश्मिना उद्योग संघ, बागलुङ कल्याण समाज काठमाडौं, धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्षकारुपमा रहेर जिम्मेवारी निभाएका थिए ।

श्रेष्ठलाई सामाजिक, राजनीतिक, शैक्षिक, आर्थिक विश्लेषक समेत रहेका श्रेष्ठलाई पश्मिनाको विषयमा पनि विशेष जानकारी रहेको थियो । नेपालमा भएको सार्क सम्मेलनबाट पस्मिनाको ब्यापारले गति लिएको बताउने श्रेष्ठले पश्मिनाको उत्पादन, विदेशमा निर्यात र नेपाल पश्मिना उद्योग संघको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।

ओमप्रसाद र मेघ कुमार वैद्यको नेतृत्वमा १९९७ सालमा स्थापित विद्यामन्दिर माविबाट श्रेष्ठले शिक्षा आरम्भ गरेका थिए । श्रेष्ठले २०२३ सालमा विद्यामन्दिर माविबाट एसएलसी उर्तीण गरेका श्रेष्ठ कालिका कन्या माविमा २०२२ अनिवार्य निःशुल्क प्राथमिक पाठशालाको प्रधानाध्यापक भएका थिए ।

उनले केही समय बागलुङको गलकोट, हटियाको गलकोट माध्यमिक विद्यालय र बुर्तिबाङ बजारमा रहेको उत्तर गंगा माध्यमिक विद्यालयमा अग्रेजी विषय पढाएका थिए ।

पुष्पमानको राजनीनिक यात्रा :

शिक्षण पेशासँगै उनले बागलुङको ग्रामिणबस्तीमा बामपन्थी राजनीति फैलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । उनी निर्मल लामा, बसन्त गौचन, टोपबहादुर विजुक्क्षे, राधेश्याम कमारो, हिक्मत गौचन, लालचन्द्र राजभण्डारी, पद्यचन्द्र राजभण्डारीबाट वामपन्थी राजनीतिमा आकर्षित भएर माओवादी नेता दीननाथ शर्मासँगै केही समय शिक्षण पेशा सहित कम्युनिष्ट विचार प्रचार गर्ने काम गरेका थिए । दीनानाथले दक्षिण बागलुङमा शिक्षण सहित राजनीति गर्थे भने पुष्पले गल्कोट पेरिफेरिमा । चित्रबहादुर केसी सेक्रेटरी रहेको नेकपा मसालका जिल्ला सदस्यकारुपमा रहेर दीनानाथ र पुष्पमानले राजनीति गर्दथे ।

दीनानाथको स्मरणमा पुष्पमान एक जुझारु क्रान्तिकारी योद्धा थिए । मनमा लागेको कुरा स्पष्ट राख्ने र तुरुन्त प्रतिक्रिया जनाउने श्रेष्ठको ब्यक्तिगत स्वभाव थियो । सादा जीवन र सर्वहाराकृत चिन्तनबाट ओटप्रोट पुष्पमान एक इखालु स्वभावका ब्यक्तित्व भएको शर्माले स्मरण गर्छन् ।

पुष्पमानलाई राजनीति गराउन मास्टर बनाएर चित्रबहादुर केसीले गल्कोट लगेका थिए । बागलुङको एउटै विद्यालय पढेका राजमो अध्यक्ष चित्रबहादुर केसी र पुष्पमान एक समय अत्यन्त मिल्ने साथी थिए । आर्थिक स्थिती निकै कमजोर । गलकोटको विद्यालय पढाउँदा शनिबारको दिन दरमखोलामा नुहाउने कपडा धुने र त्यही कपडा लगाएर भोलिपल्ट विद्यालय जाने गरेको घटना केसीले स्मरण गरे । ‘कस्को कपडा लगाउने त्यो मतलव हुँदैन थियो, जस्को कपडा पहिला सुक्यो उसैको कपडा लगाईन्थ्यो,’ केसीले भने, ‘माछा मार्ने, मिटीङ गर्ने र साथीभाई बनाउन पुष्प खप्पिस थिए ।’

शिक्षण सहित राजनीति गरिरहेका पुष्पको जिवनमा त्यतीबेला परिवर्तन आयो जव उनले नेवार समुदाय भित्रको फरक सम्प्रदायबाट बिबाह गरे । फरक सम्प्रदायबाट बिबाह गरेपछि परम्पराबादी बागलुङका उनका आफन्तले झण्डै उनलाई बहिस्कार जस्तै गरे । त्यही इगोले उनले श्रीमती लालु श्रेष्ठलाई लिएर काठमाडौं हानिए । काठमाडौंमा पुगेर दानबहादुर नामका एक साथीको सहकार्यमा सानो तान राखेर सुरु गरेको पस्मिनाले पुष्पको जीवनमा कायापलट गरिदियो । घरबाट काठमाडौं निस्कंदा १ हजार रुपैयाँ लिएर निस्केका पुष्पमानलाई साथीभाईहरुले ढुकुटी बनाइदिएर १० हजार पुंजी बनाईदिएको र त्यसैबाट सुरु भएको उनको उद्योग अहिले नेपालको गुणस्तरिय पस्मिना उत्पादन गर्ने उद्योगकारुपमा चिनिने गरेको छ ।

सोल्टी होटलको मुलगेट नजिकै पस्मिनाको उद्योग र पसल राखेका पुष्पको पसलबाट प्रथम सार्क सम्मेलनमा जव उपहारको पस्मिना खरिद गरियो, त्यस सम्मेलनले पुष्पमानको आर्थिक अवस्थामात्र सुधारेन अन्तराष्ट्रिय बजारमा पस्मिनाको ब्राण्डिङ पनि गर्यो ।

जहिले भेटेपनि नेपालमा कम्युनिष्ट नेताहरु बिग्रेकोमा चिन्ता प्रकट गर्ने गरेको चित्रबहादुर केसीले बताए । पछिल्लो समय कम्युनिष्टहरु प्रति आक्रोश पोख्ने पुष्पमान केजरिवालको विकासबाट निकै प्रभावित भएको केसीले बताए ।

पुष्पमान पछिल्लो समय त बागलुङको धार्मिक, आर्थिक र समाजिक क्षेत्रका एक महत्वपूर्ण सहयोगी नै बनेका थिए । बागलुङको सामाजिक अभियानमा उनको नाम अघिल्लो पङ्तीमा आउने गर्दथ्यो । अलबिदा स्वर्गीय पुष्पमान श्रेष्ठ । श्रेष्ठ प्रति खबरकुरा परिवारको पनि श्रद्धान्जली ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १० : २८ बजे

साफ यु-१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

कास्की । पोखरामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप

काठमाडौंलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं । सर्लाही क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी

एमाले रुपन्देहीका उम्मेदवारहरु चुनावी अभियानलाई तीब्र बनाउँदै, सबै क्षेत्रमा जित निकाल्ने तयारी

बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा चुनावी

रुपन्देही-२ मा नेकपाको तीन सय एक सदस्यीय युवा परिचालन समिति

बुटवल, २४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु