२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ ।

महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढेको दिन आइतबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ११ : ३८ बजे

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित