४ पुस २०८२, शुक्रबार | December 20, 2025

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि



काठमाडौ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । महासंघले आइतबारको मूल्यसूची तय गर्दै सुन तोलामा ५०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जनाएको छ ।

महासंघकाअनुसार सुन तोलामा ५०० रुपैयाँले बढेसँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ ।

गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

सुनको मूल्य बढेको दिन आइतबार चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोलामा १३ सय ९५ रुपैयाँ कायम थियो ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ११ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको