२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।

जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमको नाईन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भए अनुसरु जहाज पठाउन लागिएको छ । एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको उनले उल्लेख गरे ।

यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ । गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर टेण्डर आह्वान भएको थियो । सोही अनुसार एमआरओ कम्पनीसँग सम्झौता भएको निगमले जनाएको छ ।

उक्त जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाई महिनामै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार निगमले ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो । नियमानुसार छनौट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको छ ।

जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो । जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरु इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ ।

प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यसबाट यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले माफी पनि मागेको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ४ : २६ बजे

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित