४ पुस २०८२, शुक्रबार | December 19, 2025

एसिया कप फाइलन : सिराजको घातक बलिङमा ५० रनमै समेटियो श्रीलंका



काठमाडौं । एसिया कपको फाइलनमा श्रीलंका ५० रनमै समेटिएको छ । भारतका तीव्र गतिका बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिए भने हार्दिक पाण्डेयले ३ विकेट लिए । एक विकेट जसप्रित बुमराहको नाममा रह्यो ।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंकाले १५ दशमलव २ ओभरमा १० विकेट गुमाउँदै ५० रन बनाएको छ । यो सँगै भारतले ५१ रनको लक्ष्य पाएको छ ।

श्रीलंकाले पहिलो ओभरको तेस्रो बलमै ओपनर कुशल परेरालाई शून्यमा गुमाएको थियो । तीव्र गतिका बलर जस्प्रित बुमराहको बलमा एज लागेर कुशल विकेटकिपर लोकेश राहुलबाट समातिन पुगेका थिए । तीव्र गतिका बलर मोहम्मद शिराजको चौथो ओभरको पहिलो बलमा अर्का ओपनर पाथुम निसंका रविन्द्र जडेजाबाट २ रनमा क्याच आउट भए ।

एक बलपछि सदिरा समराविक्रमालाई शून्यमा एलबीडब्लू आउट गरेपछि भारतले सानदार सुरुवात गरेको थियो । पहिलो बलमै चरिथ असलंका ईशान किशनबाट क्याच आउट भएका थिए ।

ह्याट्रिक बलमा धनन्जय डि सिल्भाले चौका प्रहार गरेका थिए । तर अन्तिम बलमा सिल्भा पनि एज लागेर विकेटकिपरबाट क्याच आउट भएपछि विकेट झर्ने क्रम रोकिएन ।

प्रकाशित मिति : ३१ भदौ २०८०, आइतबार  ५ : ४८ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ