२६ बैशाख २०८१, बुधबार | May 8, 2024

झापाको बिर्तामोडमा भाटभटेनी सञ्चालनको सम्पूर्ण तयारी पूरा, विहिबारदेखि औपचारिक शुभारम्भ



बिर्तामोड । मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार बिस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६ औं स्टोर पूर्वी नेपालको विर्तामोडमा सञ्चालनमा ल्याउन लगेको छ ।

स्टोर झापा जिल्लाको व्यापारिक शहर बिर्तामोडको भगवान चोकमा यहि असोज ४ बाट संचालनमा आउने भएको हो । बिर्तामोडमा सन्चलनमा आउने यो स्टोर १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेस सहित सन्चलनमा आउन लगेको हो । २ अर्ब बढी लागानिमा सन्चलनमा आउन लागेको यो स्टोर कोशी प्रदेसको चौथो तथा झापा जिल्लाको पहिलो हो । यस अघि कोशी प्रदेशको धरान, बिराटनगर तथा इटहरिमा स्टोर सन्चलनमा आइसेको छ ।

स्वदेशी तथा विदेशी ब्राण्डका उच्च गुणस्तरका विभिन्न सामानहरु पाईने यस सुपर स्टोरमा झापा जिल्लासहित आसपसका छिमेकी जिल्ला तथा छिमेकी मुलुक भारतका सीमावर्ति शहरबाट समेत ग्राहकहरु किनमेलका लागि आउने विश्वास भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको रहेको छ । नेपालमै अन्तर्राष्ट्रिय स्तरको सपिङ अनुभव र सेवा प्रदान गर्ने तथा नेपालमै रोजगारीको अवसर सृजना गर्ने उद्देश्यसहित देशभरका ठूला शहरहरुमा भाटभटेनीको स्टोर विस्तार गरिएको उनी बताउछन ।

देशमा ब्याप्त आर्थिक मन्दीका कारण ब्यपार ब्यवसायमा निरासा छाएको बेला भाटभटेनीको संचालनलने पूर्वी नेपालको आर्थिक विकासमा थप टेवा पुग्ने देखिन्छ । भाटभटेनीको स्थापनाले बिर्तामोड लगयत पूर्वी नेपालकै आर्थिक तथा प्रयटकीय गतिविधी समेत बढ्ने देखिन्छ । उपभोक्तालाई बजार मुल्य भन्दा सस्तो एवम् गुणस्तरीय सामग्री एकै ठाउँबाट उपलब्ध गराइने भएकोले सामनको मूल्य र गगुणस्तरमा ग्राहक ठगिन नपर्नेहुँदा भाटभटेननी यस क्षेत्रका उपभोक्ताको शपिङका लागि पहिलो रोजाई बन्ने क्षेत्रीय ब्यवस्थापक बिनोद भट्टराईले बतए ।

भाटभटेनी व्यवसाय मात्र नभै रोजगारी आभियान पनि रहेको र यो स्टोरमा यस क्षेत्रका करिब ३०० स्थानीयले रोजगर प्राप्त गरेको अध्यक्ष मीन बहदुर गुरुङ बताउछन । आसोज ४ गते बिहिबारबाट संचालनमा आउने सुपर स्टोरको लागि सम्पूर्ण तयारि पूरा भएको भाटभटेनीले जनाएको छ । उदघाटनका आवसरमा आम ग्राहकलाइ प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको ब्यवस्था पनि रहेको स्टोरका अपरेसन म्यानेजर पानु पौडेलले बताए ।

यस स्टोरमा ग्रोसरी, किचनवेयर, रेडिमेड गार्मेन्ट, फुटवेयर, इलेक्ट्रोनिक्स, ब्रान्डेड गार्मेन्ट, ब्रान्डेड फूट्वेर, फूड्कोर्ट, मल्टिप्लेक्स सिनेमा हल तथा बालबलिकाका लागि स्केट पार्क लगायतका सुबिधाहरु रहने भाटभटेनीले जनायएको छ । बिर्तामोडमा २६ औं स्टोर संचालनमा आएपश्चात झापाको दमकमा समेत आगामी बैशाखसम्ममा २७ औ स्टोर संचालनमा आउने भाटभटेनीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १० : ५९ बजे

गर्मी छल्न पानीको सहारा : भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भिड

भैरहवा । सन्तकविर नगरका हनि सिंह साथीहरु सँग भैरहवाको एक्वा

गरिबीका कारण मकवानपुरका ७ सय ६६ बालबालिकाले छाडे बीचमै पढाई

मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय

पार्टी विभाजन बारे जसपा नेपालले पत्रकार सम्मेलन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

सुनकोशी मरिण डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक