५ पुस २०८२, शनिबार | December 20, 2025

रत्नपार्क-सूर्यविनायक द्रुत बससेवा संचालनमा



काठमाडौं । संविधान दिवसको अवसरमा काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बससेवा संचालमा आएको छ ।

४५ मिनेटमै पुग्ने भनिएको बससेवालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्ति बाटिकाबाट शुभारम्भ गरेका छन् । मन्त्रीज्वालासहित मन्त्रालय र विभागका अधिकारीहरूले बसमा यात्रा गरेर सेवा शुभारम्भ गरेका हुन् ।

यो बस संचालनका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म रातो रंग लगाइएको छुट्टै लेन बनाइएको छ । यस लेनमा सुरुमा २५ वटा बस चल्ने बताइएको छ ।

दु्रत सेवा बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छ।

द्रुत सेवाका लागि छुट्याइएको लेनमा अन्य सवारी साधन संचालन हुनेछैनन् । एम्बुलेन्स र अन्य अत्यावश्यक सवारी जस्तै गरी बस ट्राफिकको रातो बत्तीमा पनि रोकिँनेछैनन् ।

निर्धारित समयका लागि ४० सिट क्षमताका २५ बस छुट्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिए । कार्यालय समयमा अहिले सार्वजनिक यातायातमा यात्रा गर्दा सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब दुई घण्टा लाग्दै आएको छ ।

द्रुत बस सेवा सञ्चालन भएपछि सो दूरीको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ । त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ ।

“सहरी क्षेत्रको यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको छ, उपत्यकाको यातायात क्षेत्र सुधारको जमर्को सुरु गरिएको छ”, उनले भनेयो । सरकारले गत फागुन ३० गते सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौं उपत्यकामा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । कार्यालय समयमा ती बस प्रत्येक एक÷एक किलोमिटरको फरकमा गुड्नेछन् ।

“सार्वजनिक सवारी चढेर निश्चित समयमा गन्तव्यमा पुग्न सकिन्छ भन्ने विश्वास दिलाउन सरकारले द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो, यो सुरुआत मात्रै हो”, महानिर्देशक रिजालले भने, “ती बसका लागि छुट्टै लेनको व्यवस्था गरिएको छ, लेनमा रातो रङ लगाइएको छ, कार्यालय समयमा उक्त लेनमा अन्य सवारी चल्न पाउने छैनन् ।” द्रुत सेवाका बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि रोकिने छैनन् ।

बस सेवाको शुभारम्भ गर्दै मन्त्री ज्वालाले सहरी क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र जनतालाई सार्वजनिक यातायातप्रति विश्वास र भरोसा दिलाउन पहिलो चरणमा कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गरिएको बताए । “सरकारको अभियान यतिमै मात्र सीमित हुँदैन, यसलाई सुधार र विस्तार गर्दै लैजाने छौँ”, उनले भने, “विमानस्थल, चक्रपथ, बालाजु, महाराजगञ्ज, थानकोट, ललितपुरलगायत क्षेत्रमा द्रुत बस सेवा विस्तार गरिनेछ ।”

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायातप्रति नागरिकको विश्वास र भरोसा बढाउनुपर्ने बताए । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले उपत्यकाको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने जमर्को स्वरुप द्रुत बस सेवा सञ्चालनमा ल्याइएको बताए ।

निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले सार्वजनिक सवारीलाई व्यवस्थित बनाउन सर्वसाधारणलाई सचेत बनाउनुपर्नेमा जोड दिँदै ‘डेडिकेटेड लेन’मा चल्न सवारी साधनको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए । उक्त लेनमा चल्ने सवारी साधनलाई पनि अन्य सार्वजनिक यातायात सरहका कानुन आकर्षित हुने जनाउँदै उनले ट्राफिक नियमलाई पालना गरेर यातायातका साधन सञ्चालन गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १२ : १७ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन