२० मंसिर २०८२, शनिबार | December 6, 2025

वेस्टमिन्स्टर कलेजले सम्पन गर्यो ‘आईओटी बुटक्याम्प’को आयोजना



काठमाडौ । ललितपुरको कुपण्डोलस्थित ‘द वेष्टमिन्स्टर कलेज’ले तीन दिने इन्टरनेट अफ थिङ्गस् (आईओटी) बुटक्याम्पको आयोजना सम्पन्न गरेको छ । बुधबारबाट कलेज हातामा सुरु भएको क्याम्प शुक्रबार सम्पन्न भएको हो ।

विद्यार्थीहरुको पाठ्यक्रमलाई सघाउ पुर्याउने यस क्याम्पमा १८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागी विद्यार्थीहरुले पछिल्लो समयमा आईओटीको क्षेत्रमा भएका प्रगति, नयाँ उपकरणहरु तथा तिनको प्रयोग लगायतका विषयबारे जानकारी लिनुको साथै, आफ्नो सिपको पनि विकास गरेका थिए । त्यस्तै, उनीहरुले बिभिन्न प्रोजेक्टहरु पनि बनाएका थिए ।

हरेक शत्रमा जानकारीमुलक प्रस्तुति, व्यवहारिक अभ्यास तथा सामुहिक छलफल पनि भएको थियो। विद्यार्थीहरुले स्वचालित सडक बत्ति नियन्त्रण, स्मार्ट वाटर मोनिटरिङ, घरमा प्रयोग हुने स्वचालित उपकरणहरु, मौषमको अनुगमन, आईओटीका उपकरणहरु र तिनको प्रयोग, रास्पबेरी पाई लगायतका विषयमा जानकारी लिएका थिए ।
कलेजका प्रमुख अरुणलाल जोशीले डिजिटल रुपान्तरमा क्याम्पको महत्वबारे प्रकाश पारेका थिए। साथै, उनले प्रविधिको निरन्तर विकसित परिदृष्यमा आईओटीको भूमिका पनि उच्च रहेको बताए । उनले भने, ‘आईओटीले भविष्यको डिजिटल परिदृष्यलाई ड्राइभ गर्ने उदयीमान प्रविधिको महत्वपूर्ण पक्षलाई प्रतिनिधित्व गर्दछ। हाम्रा विद्यार्थीहरुलाई आईटी क्षेत्रको भविष्यको लागि तयार पार्न यस्ता बुटक्याम्पहरु महत्वपूर्ण छन्।’

वेस्टमिन्स्टर कलेजले बेलायतको लण्डनस्थित वेस्टमिन्स्टर विश्वविद्यालयको सम्बन्धमा बीएससी (हन्स) कम्प्युटर साइन्स र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड फरेन्सिकका दुई विषयमा पठनपाठन गरिरहेको छ। यस्ता बुटक्याम्पहरुले कलेजको शिक्षण तथा सिकाई पद्धत्तिलाई बढावा दिएको जोशीको भनाई छ ।
क्याम्पमा सहभागी विद्यार्थीहरुलाई कलेजले प्रमाणपत्र समेत प्रदान गरेको थियो।

 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १२ : ५४ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति