४ पुस २०८२, शुक्रबार | December 20, 2025

भन्सारबाट सजिलै नेपाल छिराइएको ३२ थान मोबाइल विमानस्थलबाट पक्राउ



नेपालगन्ज । नेपालगन्ज भन्सार पार गरेर नेपालगन्ज विमानस्थल पु¥याइएको ३२ थान मोबाइल सेट प्रहरीले बरामद गरेको छ । नेपालगन्ज स्थित राँझा विमानस्थलबाट काठमाण्डौ लैजान लागिएको ३२ थान मोबाइल सेटसहित चार जना भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज् विमानस्थलमा रहेको एक्सरे मेशिनमार्फत जाँचका क्रममा सो मोबाईल फेला परेको हो । करिब नौ लाख रुपैयाँ मूल्य बराबरको मोबाइल सेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

भारतको मध्यप्रदेश राज्य इन्दौर सुदामा नगरका अमित सोलंकीको साथबाट ८ थान, पागनिसपागाका सचिन कुकरेजको साथबाट ८ थान, द्वारकापुरीका कमल बंसारीको साथबाट ८ थान र ब्लक काँलोगीका अमित सोलंकीको साथबाट ८ थान गरी जम्मा ३२ थान मोवाईल बरामद गरिएको डिएसपी डाँगीले बताए ।

प्रहरीका अनुसार उनीहरु चारै जनाको विमानस्थलमा झोला एक्सरे मेशिनमार्फत जाँच गर्ने क्रममा मोबाइल सेट फेला परेको हो । उनीहरुको साथबाट वन प्लस, अप्पो, रेलमी, रेडमी, सामसुङ मोबाइलका सेट बरामद गरिएको हो ।

मोबाइल खोलभित्र नरहेको र खुलारुपमा रहेको प्रहरीले जनाएको छ । मोबाइल सेटसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको डाँगीले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ३ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको