२२ भदौ २०८३, सोमबार | September 7, 2026

विदेशमा अलपत्र नेपालीलाई नि:शुल्क उद्वार गर्नेे निर्णयको एनआरएनएद्वारा स्वागत



लण्डन । कोभिड १९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरू सरकारी खर्चबाट स्वदेश फर्काउने सरकारको निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ ।

संघका अध्यक्ष कुमार पन्तले सरकारले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपालीहरुलाई नि:शुल्क स्वदेश फर्काउने निर्णयको स्वागत गरेका छन् ।

पन्तले सरकारले गरेको पछिल्लो निर्णयले मध्यपूर्वमा रहेका नेपालीहरुलाई ठूलो राहत मिल्ने बताए ।

अलपत्र नागरिकलाई फिर्ता ल्याउन बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन्। ।

सरकारले कोरोना कहरका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्दधन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको थियो ।

यसअघि गैरआवासीय नेपाली संघले विदेममा अप्ठ्यारोमा परेका नेपालीहरुलाई उद्धार गर्न सरकारसंग पटकपटक छलफल गरेको थियो ।

स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र परेका, समस्यामा परेका तथा आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने अवस्थाका श्रमिकहरुलाई स्वदेश फर्काउन वैदेशिक रोजगार कोषको रकम प्रयोग गर्ने निर्णय सरकारले बिहीवार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ८ : ४१ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको