२० असार २०८३, शनिबार | July 4, 2026

बेलहिया नाकामा अमेरिकन नागरिकलाई स्वागत गर्दै विश्व पर्यटन दिवसको थालनी



बुटवल । भारतिय बाटो हुँदै रुपन्देही प्रवेश गरेका पर्यटकलाई स्वागत गर्दै भैरहवामा ४४ औं विश्व पर्यटन दिवस मनाइएको छ । नाट्टा लुम्बिनी प्रदेश समितिले बेलहिया नाकाबाट नेपाल भित्रिएका पर्यटकलाई स्वागत गरेर पर्यटन दिवस मनाएको हो ।

नाट्टा लुम्बिनीका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा सहितको टोली आज बिहानै पर्यटक स्वागतका लागि बेलहिया नाका पुगेका थिए । टोलीमा कार्य समितिका पदाधिकारी सदस्य तथा सुरक्षाकर्मी सहभागी रहेका थिए ।

नाट्टाले बेलहिया नाकाबाट पहिलो प्रवेश गर्ने ५ जना विदेशी पर्यटकलाई सुरुवाती स्वागत गरेको नाट्टाकी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । उनले आज दिनभरी नै नवश्व पर्यटन दिवस हर्ष उल्लासका साथ मनाउने गरि तयारी गरिएको बताइन् ।

नेपाल प्रवेश गर्ने जापानी मूलका ५ अमेरिकी नागरिकलाई नाका पुगेको टोलीले नेपाली संस्कृति अनुसार स्वागत गरेका थिए । दिवसको समापन भने १३ गते जितगढ़ीमा काठमाडौंबाट आउने  साइकलयात्रीहरुलाई स्वागत गरेर गरिने पन्तले बताइन् ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार  ८ : ३९ बजे

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा