३ पुस २०८२, बिहिबार | December 18, 2025

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडलाई



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा भिल्लारियललाई पराजित गरी जिनेदिन जिदानको टिम रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २-१ ले पराजित गरेको हो ।

रियलको जितमा दुवै गोल करिम बेन्जिमाले गरे र उनले २९ औँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा उनले गोल गरेर अग्रता दोब्बर पारे । भिल्लारियलका लागि ८३ औँ मिनेटमा इबोराले एक गोल फर्काए ।

जिदानको टिम रियल मड्रिडलाई लिगका अन्तिम दुई खेलमा एकमा जित वा कम्तिमा दुई अंक चाहिएको थियो उपाधि जित्नका लागि । जितसँगै रियल मड्रिडले तीन वर्षपछि पुनः लिगको उपाधि जितेको छ ।

रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् ।

जिदानको टिमले कोरोना भाइरसको महामारीपछि जुनमा फुटबल पुनः सुरु भयताका सबै १० खेलमा जित निकालेको छ ।
अब उसले लिगको अन्तिम खेल खेल्न बाँकी छ तर सो खेलमा पराजित नै भए पनि दोस्रो स्थानको बार्सिलोनाले उछिन्नँ सक्दैन ।

बन्द रंगशालामा भएको खेलमा रियल मड्रिडले ३४ औँ पटक ला लिगाको उपाधि जितेको हो ।

लिग अन्तर्गत बिहीबार राति नै भएको खेलमा बार्सिलोना भने ओसासुनासँग २-१ ले पराजित भयो । घरेलु मैदानमै भएको खेलमा बार्सिलोना पराजित भएको हो ।

बार्सिलोनाका लागि लियोनल मेस्सीले ६२ औँ मिनेटमा गोल गरे पनि १० खेलाडीमा सीमित भएको ओसासुनासँगको हारबाट जोगाउन सकेनन् ।

ओसासुनाका लागि १५ औँ मिनेटमा अर्नाइज र इन्जुरी समयको चौथो मिनेटमा टोरेसले गोल गरे । ७७ औँ मिनेटमा गालेगो पुइग्सेच सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ओसासुना १० खेलाडीमा सीमित भएको थियो ।

लिगको एक खेल बाँकी हुँदा उपाधि पक्का गरेको रियल मड्रिडको ८६ तथा दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ०४ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन