३ आश्विन २०८३, शनिबार | September 19, 2026

स्पेनिस ला लिगाको उपाधि रियल मड्रिडलाई



काठमाडौं । स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।

लिग अन्तर्गत बिहीबार राति भएको खेलमा भिल्लारियललाई पराजित गरी जिनेदिन जिदानको टिम रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २-१ ले पराजित गरेको हो ।

रियलको जितमा दुवै गोल करिम बेन्जिमाले गरे र उनले २९ औँ मिनेटमा गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए । ७७ औँ मिनेटमा पाएको पेनाल्टीमा उनले गोल गरेर अग्रता दोब्बर पारे । भिल्लारियलका लागि ८३ औँ मिनेटमा इबोराले एक गोल फर्काए ।

जिदानको टिम रियल मड्रिडलाई लिगका अन्तिम दुई खेलमा एकमा जित वा कम्तिमा दुई अंक चाहिएको थियो उपाधि जित्नका लागि । जितसँगै रियल मड्रिडले तीन वर्षपछि पुनः लिगको उपाधि जितेको छ ।

रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रोपटक ला लिगाको उपाधि जित्दा च्याम्पियन्स लिगको उपाधिले भन्दा पनि बढी खुशी दिएको जिदानले बताएका छन् ।

जिदानको टिमले कोरोना भाइरसको महामारीपछि जुनमा फुटबल पुनः सुरु भयताका सबै १० खेलमा जित निकालेको छ ।
अब उसले लिगको अन्तिम खेल खेल्न बाँकी छ तर सो खेलमा पराजित नै भए पनि दोस्रो स्थानको बार्सिलोनाले उछिन्नँ सक्दैन ।

बन्द रंगशालामा भएको खेलमा रियल मड्रिडले ३४ औँ पटक ला लिगाको उपाधि जितेको हो ।

लिग अन्तर्गत बिहीबार राति नै भएको खेलमा बार्सिलोना भने ओसासुनासँग २-१ ले पराजित भयो । घरेलु मैदानमै भएको खेलमा बार्सिलोना पराजित भएको हो ।

बार्सिलोनाका लागि लियोनल मेस्सीले ६२ औँ मिनेटमा गोल गरे पनि १० खेलाडीमा सीमित भएको ओसासुनासँगको हारबाट जोगाउन सकेनन् ।

ओसासुनाका लागि १५ औँ मिनेटमा अर्नाइज र इन्जुरी समयको चौथो मिनेटमा टोरेसले गोल गरे । ७७ औँ मिनेटमा गालेगो पुइग्सेच सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि ओसासुना १० खेलाडीमा सीमित भएको थियो ।

लिगको एक खेल बाँकी हुँदा उपाधि पक्का गरेको रियल मड्रिडको ८६ तथा दोस्रो स्थानको बार्सिलोनाको ७९ अंक छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ७ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको