११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कास्कीमा पहिरो जाँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु



पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित खोराकोमुख, पाखा भन्ने ठाउँमा पहिरो जाँदा एकै परिवारका ३ जना बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेमराज विकको घर पछाडिबाट पहिरो खस्दा बिकका तीन नाति नातिनीको मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल बिक, १६ वर्षीया रोजिना बिक र १४ वर्षीय समीर बिक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।

उनीहरु सुतेको कोठामाथि पहिरो खसेको थियो । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो । ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको हो ।

मृतक ३ बालबालिका प्रेम बिकका ३ छोराका छोराछोरी हुन् । कुशल माइला छोराका छोरा हुन् । रोजिना जेठो छोराकी छोरी हुन् भने समिर कान्छा छोराका छोरा हुन् । माइला छोरा हेम्जामा बस्छन् । कान्छी बुहारी समिर घरमा छाडेर अर्को बच्चाका साथ माइत गएकी छन् ।

राति घरमा ६ जना सुतिरहेको अवस्थामा पहिरो खसेको थियो । बाँकी ३ जना शकुसल रहेको प्रवक्ता हमालले बताए । घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकालिसकेको छ । वडा प्रहरी कार्यालय बगरबाट इन्स्पेक्टर मुक्तिनाथ सापकोटाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र कास्की प्रहरी प्रमुख जीवनकुमार श्रेष्ठ समेत घटनास्थलतर्फ गएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ९ : ३७ बजे

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा

दुर्गा प्रसाईंविरुद्ध पर्सा अदालतमा अभियोग दायर

काठमाडौं । राजावादी अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा