९ जेष्ठ २०८३, शनिबार | May 24, 2026

रुकुम पश्चिममा आयोडिन नुन प्रयोगकर्ताको सङ्ख्या बढ्दै



रुकुम पश्चिम । रुकुम पश्चिमा पछिल्लो समय आयोडिनयुक्त नुन प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

जिल्लाका छवटै स्थानीय तहमा आयोडिन नुनका प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपोे कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा गत आर्थिक वर्ष २०७९÷०८० मा छ हजार क्विन्टल नुन बिक्री भएको थियो । हाल जिल्लाको मुसीकोट नगरपालिकाकोे सेरिगाउँ र चौरजहारी नगरपालिकाको चौरजहारी वितरण केन्द्रबाट नुनको बिक्री हुँदै आएको डिपो कार्यालयको प्रमुख पूर्णराज गौतमले जानकारी दिए ।

उहाँका अनुसार गत आवमा सेरिगाउँबाट चार हजार नौ सय ५१ र चौरजहारी वितरण केन्द्रबाट नौ सय २० क्विन्टल नुन बिक्रीवितरण भएको थियो । कार्यालयले माग गरेकोभन्दा एक हजार पाँच सय क्विन्टल नुन गत आवमा कम आएको जनाएको छ ।

चालु आवका लागि पनि जिल्लामा माग गरेको भन्दा झण्डै आधा साढे चार हजार क्विन्टल मात्र नुन आएको छ । जिल्लामा एक वर्षमा झण्डै आठ हजार आयोडिन नुन प्रयोग हुने भए पनि चार हजार पाँच सय क्विन्टल मात्र नुन उपलब्ध भएको कार्यालय प्रमख गौतमले जानकारी दिनुभयो । चालु आवका लागि डिपो कार्यालय सेरिगाउँलाई तीन हजार सात सय र चौरजहारी वितरण केन्द्रलाई आठ सय क्विन्टल आयोडिनयुक्त नुन उपलब्ध भएको उनले बताए।

आव २०७९÷०८० को भन्दा चालु आवमा जिल्लामा नुनको कोटा घटेर आएको छ । कार्यालय प्रमुख गौतमले नुन कोटा बढाउन आग्रह गरे । सेरिगाउँबाट हरेक हप्ताको आइबार र बिहीबार तथा चौरजहारी वितरण केन्द्रबाट हरेक महिनाको ५ र ६ गते नुन बिक्री हुँदै आएको छ ।

प्रतिकिलो नौ रुपैयाँका दरले आयोडिनयुक्त नुन बिक्री गर्दै आइरहेको कार्यालयले जनाएको छ । मुसीकोट नगरपालिका–५ का बेचु खत्रीले आयोडिन नुन प्रयोग गर्ने गरेको बताए । रासस

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ११ : ३४ बजे

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक