९ जेष्ठ २०८३, शनिबार | May 24, 2026

ज्येष्ठ नागरिक ज्ञान, सीप र अनुभवका लागि प्रेरणाको स्रोत : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवका लागि प्रेरणाका स्रोतका रूपमा रहनुभएका ज्येष्ठ नागरिकको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्नुपर्ने बताएका छन् ।

तेत्तीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै पौडेलले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई अन्तर पुस्तान्तरण गरी अत्यधिक उपयोग गर्नसके आर्थिक समृद्धि तथा सामाजिक सदासयता कायम गर्न ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे ।

देशका युवाशक्ति अध्ययन र रोजगारीका लागि विदेशिएका र घर–घरमा ज्येष्ठ नागरिकमात्र बाँकी रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको अधिकारको संरक्षण, हित र कल्याणका लागि अब राज्यस्तरबाटै सोच्ने बेला भइसकेको बताए ।

उनले ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी बाजेबज्यैदेखि नातिनातिनासम्म सगोल परिवारमा रहने पूर्वीय दर्शनमा आधारित आदर्श परिवारको महत्व बुझ्न र बुझाउन आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा शुभकामना सन्देशमा व्यक्त गरे ।

ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ज्येष्ठ नागरिकको सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनको कामना समेत उनले गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १० : ४८ बजे

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक