२१ भदौ २०८३, आइतबार | September 6, 2026

अनमोल केसीलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति, प्रहरीबाट हाजिरी जमानीमा रिहा



काठमाडौं । अभिनेता अनमोल केसीलाई जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले केसीलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्।

केसीलाई शुक्रबार पक्राउ गरिएको थियो। शनिबार सार्वजनिक बिदा भएकाले उनलाई आज अदालतमा उपस्थित गराइएको हो। तीन दिन म्याद पाएकाले केसीलाई सोमबार पुनः अदालतमा उपस्थित गराउनुपर्नेछ।

फिल्म सम्झौता गरेर नखेलेको भन्दै उनीविरुद्ध ‘रावायण’का निर्माता सुप्रिया कटुवालले प्रहरीमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा अभिनेता केसीलाई पक्राउ गरिएको थियो ।

अदालतले तीनदिन हिरासतमा राख्ने अनुमति दिएपनि केसीलाई प्रहरीले हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी छाडेको छ ।

अभिनेता केसीलाई अहिले केही बेरअघि हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानूनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : ४२ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका