२५ माघ २०८२, आइतबार | February 8, 2026

बेसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति लिनुपर्ने



लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमति लिन सर्वसाधरणलाई आग्रह गरेको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै निजी रुपले पालिका कुकुरहरुलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सुचना जारी गरेको हो ।

बेसीशहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरहरुको संख्या बृद्धि भई फाेहाेर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले सुचना जारी गरेको हो ।

विशेषगरी कुकुरहरुले बजार क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका घर तथा होटलहरुमा पसी खानेकुरा खाईदिने तथा घरभित्रै पसेर दिसापिसा गरी फोहर बनाउने र सडक पेटी तथा नालीहरुमा जथाभावी रुपमा दिशापिसा गरी फोहर भएको गुनासो आएसँगै त्यसलाइ व्यवस्थापन गर्न नगरपालिका लागि परेको सुचनामा उल्लेख गरिएकाे छ ।

नगरपालिकाले निजी रुपमा पालिएका कुकुरहरुलाई जथाभावी रुपमा नछाड्न र सडक पेटी, छेउ, भित्ता तथा नालीहरुमा अब्यवस्थित तवरबाट दिशा पिसाव गराउने कार्य बन्द तथा गराउन पनि सोही सुचनामार्फत आग्रह गरेको छ ।

नागरिकबाट गुनासो आए सँगै कुकुर व्यवस्थापनका निम्ती नगरपालिकाले १५ दिनको अवधि दिएर सार्वजनिक सुचना जारी गरेको हो । सो अवधी भित्र घरपालुवा कुकुर नगरपालिकामा दर्ता नगराएमा तथा अनुमति नलिएमा नियमानुसार जरिवाना तथा कारबाही प्रकृया अगाडि बढाईने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : २४ बजे

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले

सर्वोच्चले अन्तरिम आदेश नदिँदा रेशम चौधरी फागुन २१ को चुनावबाट बाहिर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको