२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बेसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति लिनुपर्ने



लमजुङ । लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमति लिन सर्वसाधरणलाई आग्रह गरेको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै निजी रुपले पालिका कुकुरहरुलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सुचना जारी गरेको हो ।

बेसीशहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरहरुको संख्या बृद्धि भई फाेहाेर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले सुचना जारी गरेको हो ।

विशेषगरी कुकुरहरुले बजार क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका घर तथा होटलहरुमा पसी खानेकुरा खाईदिने तथा घरभित्रै पसेर दिसापिसा गरी फोहर बनाउने र सडक पेटी तथा नालीहरुमा जथाभावी रुपमा दिशापिसा गरी फोहर भएको गुनासो आएसँगै त्यसलाइ व्यवस्थापन गर्न नगरपालिका लागि परेको सुचनामा उल्लेख गरिएकाे छ ।

नगरपालिकाले निजी रुपमा पालिएका कुकुरहरुलाई जथाभावी रुपमा नछाड्न र सडक पेटी, छेउ, भित्ता तथा नालीहरुमा अब्यवस्थित तवरबाट दिशा पिसाव गराउने कार्य बन्द तथा गराउन पनि सोही सुचनामार्फत आग्रह गरेको छ ।

नागरिकबाट गुनासो आए सँगै कुकुर व्यवस्थापनका निम्ती नगरपालिकाले १५ दिनको अवधि दिएर सार्वजनिक सुचना जारी गरेको हो । सो अवधी भित्र घरपालुवा कुकुर नगरपालिकामा दर्ता नगराएमा तथा अनुमति नलिएमा नियमानुसार जरिवाना तथा कारबाही प्रकृया अगाडि बढाईने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : २४ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले