७ मंसिर २०८३, सोमबार | November 23, 2026

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि



गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख २३ हजार ७१४ जना विदेशी पर्यटक भित्रिएका छन् । यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० ले बढी हो ।

यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका हुन् ।

संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा रविन कडरियाका अनुसार दक्षिण एसियाली मुलकका ५२ हजार ८८६ र बाँकी अन्य देशका पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका हुन् । असोज-कात्तिक मुख्य पर्यटकीय याम भएकाले यो समयमा पर्यटकको आगमन बढी हुने गरेको उनको भनाइ छ ।

आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सडक मार्ग भएर बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रने गरेका छन् ।

अन्नपूर्ण क्षेत्र पदयात्रा रूचाउने पर्यटकको समेत रोजाइमा पर्दै आएको छ । संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र जैविक विविधताका हिसाबले महत्त्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०८३, सोमबार  ८ : २१ बजे

Your email address will not be published.

अपी हिमाल : जहाँ प्रकृति बोल्छ

बझाङ । चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि

गण्डकी । गत साउनदेखि कात्तिकसम्ममा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख

कोप-३१ सम्पन्न : जलवायु सहकार्य जारी राख्न आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

नयाँ दिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र

प्रधानमन्त्रीको भारत भ्रमण : हवाई मार्ग खुल्ने आशमा लुम्बिनी

बुटवल । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणसँगै लुम्बिनी क्षेत्रमा नयाँ