३ पुस २०८२, बिहिबार | December 18, 2025

बेलहिया नाकाबाट सशस्त्र प्रहरीबाट १० लाख भारतीय रकम सहित ३ जना पक्राउ



बुटवल । रुपन्देहीको बेलहिया नाकाबाट सशस्त्र प्रहरीले १० लाख भारुसहित तीन जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म (बिओपी) डण्डाको टोलीले १० लाख भारतीय रुपैयाँसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठको कमान्डको टोलीले नेपालमा प्रतिबन्धित भारतीय नोट सहित ३ जना पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं २७ गण रुपन्देहीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नं. २७ गणका अनुसार गए राति ९ बजे भारतबाट नेपालतर्फ आउँदै गरेका तीन भारतीयको साथबाट बिओपी चेक पोस्ट अगाडिबाट चेक जाँच का क्रममा उक्त अवैध १० लाख भारु बरामद गरेको हो।

सशस्त्र प्रहरीले तीन जना मध्ये एक जनाको साथबाट ९ लाख भारु र अन्य दुई जनाको साथबाट ५०-५० हजार बरामद गरेको हो । उनीहरुबाट बरामद गरिएको सबै ५ सय भारु नोट रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको नोटको नम्बर टिपोट जारी रहेको र त्यसपछि राजश्व अनुसन्धान कार्यालयमा बुझाईने सशस्त्र प्रहरी बल नेपाल नं २७ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक थापाले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ५९ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको