२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

भारतीय एसएसबीले दशगजामा बनाएको सुरक्षा पोष्ट सशस्त्रको पहलमा हट्यो



विराटनगर । भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा क्षेत्रमा अन्तराष्ट्रिय सीमा मिचेर बनाएको सुरक्षा पोष्ट सशस्त्र प्रहरीले हटाइदिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१६ दरैया र भारत जोगवनीको टिकुलिया बस्तीबीचको दसगजामा एसएसबीले सुरक्षा पोष्ट बनाएको थियो । त्यहाँ २४सै घण्टा हतियार सहितका एसएसबी तैनाथ थिए । नेपालमा त्यसको निकै विरोध भएको थियो ।

जिल्ला सुरक्षा समिति मोरङको बैठकमा पनि दशजगा अतिक्रमणबारे कुरा उठेको थियो। त्यसपछि सशस्त्र प्रहरीले सो पोष्ट हटाउन पहल गरेको थियो । सशस्त्रलाई मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल र सशस्त्रका उच्च अधिकारीले एसएसबीले बनाएको पोस्ट् हटाउन निर्देशन दिएका थिए । सीमा सुरक्षामा खटिएको सशस्त्रले भारतीय एसएसबीका अधिकारीसँग दशगजाबाट पोष्ट हटाउन बारम्बार आग्रह गरेपछि एसएसबी पछि हटेको हो । लगभग एकमहिना अघि पोष्ट बनाएको एसएसबीले अहिले भारतीय भूमिभित्रै पोष्ट लैजान सहमत भएको छ ।

दुई देशीय सिमानाको दसगजामा कुनै पनि भौतिक संरचना निर्माण गर्न पाईँदैन ।

 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  १ : ४३ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र