२२ भदौ २०८३, सोमबार | September 8, 2026

शाहरुख खान जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्



मुम्बइ । बलिउडका बादशाह शाहरुख खानका फ्यानहरुलाई उनको बारेमा हरेक सानो कुरा थाहा छ । तर के तपाईलाई थाहा छ, रातको २ बजे अन्तिम उनी कससँग फोनमा कुरा गर्छन ?

शाहरुख खान विगत धेरै वर्षदेखि बलिउडमा राज गर्दै आएका छन् । कलाकारले आफ्नो रोमान्टिक स्टाइलले मात्र नभई आफ्नो एक्सनले पनि दर्शकलाई पागल बनाएका छन् । यतिबेला उनी आफ्नो फिल्म ‘जवान’ लाई लिएर चर्चामा छन् । फिल्मले केही दिनमै ५ सय करोडभन्दा बढीको कमाई गरिसकेको छ । तर यसैबीच हामी तपाईलाई उनको व्यक्तिगत जीवनसँग जोडिएको एउटा रोचक कुरा बताउन गइरहेका छौँ । जुन सायद कसैलाई थाहा नहुन सक्छ ।

वास्तवमा आज हामी तपाईलाई बताउन गइरहेका छौँ कि शाहरुख खान राती २ बजे घण्टौंसम्म काेहीसँग कुरा गर्छन् । यसको खुलासा शाहरुख आफैले एक रेडियो कार्यक्रमबाट गरेका थिए ।

राती २ बजेको शोमा जब कलाकारलाई उनको पार्टनर को हो ? भनेर सोधिएकाे थियाे । राति निकै कम निन्द्रा लाग्ने बताएका अभिनेताले यस्तो अवस्थामा धेरैजसो मानिसहरू राती फोनमा कुरा गर्छन् र उनीहरूसँग धेरै रात्री साथीहरू हुन्छन् ।

तर राति २ बजे उनले छोरी सुहाना खानसँग कुरा गर्छन् किनभने उनी बाहिर पढ्छिन् । ‘त्यसैले मेरो लागि उनीसँग कुरा गर्ने सही समय यही हो किनभने त्यसबेला उनी पनि आफ्नो काम सकेर स्वतन्त्र हुन्छिन् । त्यसैले म हरेक रात सुहानासँग कुरा गर्छु ।’

यसका साथै अभिनेताले आफू दिउँसो २ बजेदेखि राति ७ बजेसम्म फोनमा रहने पनि बताएका छन् । ‘पहिले सुहानासँग कुरा गर्छु, त्यसपछि बिहान आफ्नो जेठो छोरा आर्यन खानसँग कुरा गर्छन किनभने उनी पनि बाहिर नै बस्छन् । त्यसैले यो समय कुराकानीका लागि उपयुक्त हुन्छ ।’

वर्क फ्रन्टको कुरा गर्ने हो भने शाहरुख खान हालै फिल्म ‘जवान’ मा देखिएका थिए । अब अभिनेता खान छिट्टै ‘डिंकी’ मा देखिदैछन् । फिल्म यसै वर्षको क्रिसमसमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ७ : १४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार