२० मंसिर २०८२, शनिबार | December 6, 2025

डेल्टा रानी जातको धान फल्दै नफली सुक्न थाले, निजगढका किसानले लगाए आगो



बारा। कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ-९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन् ।

उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागे पछि चिन्तित बनेका किसानहरुले धान काटेर आगो लगाउन थालेका हुन् ।

वर्षभरी खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसे छि आफूहरु समस्यामा परेको निजगढ–९ देउराली पथका किसान चन्द्रबहादुर श्रेष्ठले बताए । ऋण काढेर लगाएको धान फल्दै नफले पछि नोक्सानी बेहोर्नु परेको अर्का किसान छविलाल चौलागाईले बताए ।

यता निजगढ–९ का वडा अध्यक्ष रामचन्द्र कटवालले वडाका दर्जन भन्दा बढी किसानले रोपेको धानमा बाला नलागेको गुनासो आएको बताए । उनले मानो रोपेर मुरी उब्जाउने आशमा धान रोपेका किसानको बाली बिग्रिए पछि पीडित बनेका किसानहरुलाई राहत दिने बारेमा नगर कार्यपालिकामा आफूहरुले छलफल गरेर निर्णय गर्ने बताए ।

बिक्रेताले अन्य बिउले भन्दा बढी उत्पादन दिने बताए पछि यहाँका दर्जनौं किसानले डेल्टारानी जातको बीउ खरिद गरेर रोपेका थिए ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  १ : ५२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले