३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाल टेलिकम संकटमा परेको भन्दै कर्मचारीहरु आन्दोलनमा



काठमाडौं । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम संकटगस्त बनेको भन्दै कर्मचारीहरु आन्दोलिनमा उत्रिएका छन् ।

९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

समयाअनुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायीक क्षमता अभिवृद्धि तर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले दाबी गरे ।

पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचनको अवस्था आएको र सरकारले मोबाइल सेवाको नविकरणमा समेत विभेद गरेको शाहीले बताए ।

२०७६ साल माघमा नै फोरजी सेवाको काम सक्नुपर्ने भएपनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको २ लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भएपनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको उनीहरुको आरोप छ ।

यस्तै, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेशनल ब्याण्डविथ तथा लिज लाइन पादरर्शी नबनाई नीजि सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै टे«ड युनियनमा आवद्ध कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् ।

नविकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सवलीकरणका लागि कम्पनी पुनर्सरचना गर्नुपर्ने र वृत्ति विकासको अवशर रहने गारी लागु गर्नुपर्ने माग उनीहरुको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : १६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका