१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

नेपाल टेलिकम संकटमा परेको भन्दै कर्मचारीहरु आन्दोलनमा



काठमाडौं । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम संकटगस्त बनेको भन्दै कर्मचारीहरु आन्दोलिनमा उत्रिएका छन् ।

९२ प्रतिशत सरकार र ८ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको सेयर रहेको टेलिकममा बाह्य हस्तक्षेप आन्तरिक ढिलासुस्तीका कारण समस्या उत्पन्न हुन थालेको कर्मचारीहरुले आरोप लगाएका छन् ।

समयाअनुसार सेवा विस्तार नभएको, गुणस्तर सुधारमा ध्यान नदिएको र व्यवसायीक क्षमता अभिवृद्धि तर्फ समेत ध्यान नदिँदा कम्पनीमा नकारात्मक संकेत देखिन थालेको नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका महासचिव तेजबहादुर शाहीले दाबी गरे ।

पछिल्लो समय राजस्व घटेको, कर्मचारीको वृत्तिविकासमा संकुचनको अवस्था आएको र सरकारले मोबाइल सेवाको नविकरणमा समेत विभेद गरेको शाहीले बताए ।

२०७६ साल माघमा नै फोरजी सेवाको काम सक्नुपर्ने भएपनि अहिलेसम्म ६० प्रतिशत मात्रै भएको, एफटिटिएच सेवाको २ लाख १९ हजार लाइन वितरण गर्ने लक्ष्य भएपनि अहिलेसम्म ५० हजार मात्रै वितरण भएको उनीहरुको आरोप छ ।

यस्तै, ठूलो रकम खर्च गरी भित्र्याएको इन्टरनेशनल ब्याण्डविथ तथा लिज लाइन पादरर्शी नबनाई नीजि सेवा प्रदायकलाई पोस्ने माध्यम बनाइएको भन्दै टे«ड युनियनमा आवद्ध कर्मचारीहरु संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएका हुन् ।

नविकरण दस्तुर वैज्ञानिक बनाउनुपर्ने, संस्थाको आन्तरिक सवलीकरणका लागि कम्पनी पुनर्सरचना गर्नुपर्ने र वृत्ति विकासको अवशर रहने गारी लागु गर्नुपर्ने माग उनीहरुको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ६ : १६ बजे

बुटवलका दुई रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ मा सञ्चालित दुई वटा रेस्टुरेन्टबाट

बालेन्द्रलाई आरेनको चुनौती – देश चलाउन नसक्ने भए हात ठड्याउ, रास्वपाकै अर्कोले चलाउँछन्

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सुनसरी घटनापछि

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता : थप ५६ जनाले पाए रकम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न