९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

बझाङ भूकम्प पीडितको उद्धार र राहत कार्यमा युद्धस्तरमा जुट्न सरकारसँग कांग्रेसको माग



काठमाडौं। नेपाली कांग्रेसले युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा जुट्न सरकारसँग माग गरेको छ ।

सभापति शेरबहादुर देउवाले युद्धस्तरमा बझाङ भूकम्प पीडितहरुको उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, प्रभावितहरुलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग आग्रह गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्ति :

असोज १७, २०८०

प्रेस विज्ञप्ति

बझाङ जिल्लामा हिजो गएको भूकम्पका कारण एक जनाको मृत्यु, केही वेपत्ता र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । साथै, सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गर्नु भएको छ । 

सभापति देउवाले—  युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी, भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारसँग आग्रह गर्नु भएको छ । 

साथै, स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा अपील गर्नु भएको छ । 

जय नेपाल !

 कृष्णप्रसाद पौडेल 
 मुख्य सचिव

 

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  २ : २९ बजे

८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न

नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

ऊर्जामन्त्री श्रेष्ठद्वारा स्युचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको निरीक्षण

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्युचाटारस्थित नेपाल

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक