२० मंसिर २०८२, शनिबार | December 6, 2025

ट्राफिक सप्ताहमा रक्तदान



काठमाडौं । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सो अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टलाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरी कार्यक्रमको सुरुआत गरेका थिए । बुधबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन भएको रक्तदान कार्यक्रममा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारी, पूर्व प्रहरी, महानगर प्रहरी, ट्राफिक स्वयमसेवकलगायत गरी एक सय २० जनाले रक्तदान गरेका थिए ।

ट्राफिक सप्ताहको अवसरमा जनचेतनामूलक कार्यक्रम, विद्यालय सम्पर्क कार्यक्रम, चालक र परिचालकलाई ट्राफिक सम्बन्धी ज्ञान दिनुका साथै उनीहरूको स्वास्थ्य परीक्षण, विद्यार्थी तथा स्काउटलगायत सवारी चालक र परिचालकलाई पनि स्वयंसेवकको रुपमा परिचालन, जनचेतनामूलक स्टिकर तथा पर्चा पम्पलेट वितरण लगायतका चेतनामूलक कार्यक्रम भइरहेको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : १४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले