२० मंसिर २०८२, शनिबार | December 6, 2025

१२ घण्टाका लागि हट्यो नेपालगन्जमा कर्फ्यु, सभा जुलुस गर्न प्रतिबन्ध



नेपालगन्ज । सामाजिक संजालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण गत १६ दिउसो १ः०० बजे देखि नेपालगन्जमा लागेको कर्फ्यु आदेश १२ घण्टाका लाहि हटाइएको छ । जिल्ला सुरक्षा समितिको निर्णयबाट उपमहानगरपालिका क्षेत्र भित्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँगा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) चार किल्ला तोकि अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएकोमा आज बिहान ८ बजेबाट राती ८ बजे सम्मका लागि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राती ८ बजेबाट भोली बिहान ६ बजे सम्म भने कर्फ्यु आदेश कायम रहने पनि जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयको सूचना अनुसार आज दिनभरीलाई करेफ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ ।

कर्फ्यु खुलेको अवस्थामा पनि पूर्वमा राप्ति नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका चार किल्ला भित्र स्थानीय प्रशासन ऐनको दफा ३(क) बमोजिम कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामाग्री टाँस्न वा लेख्न नपाईने गरी तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

जिल्लामा समय शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पतिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैमा जिल्ला प्रशासनले आग्रह पनि गरेको छ । सार्वजनिक स्थानमा हो-हल्ला गर्ने जस्ता अवाञ्छित क्रियाकलापहरू तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरू नगर्न नगराउन आह्वान गदै प्रशासनले सामाजिक सदभाव कायम राख्न समेत जिल्ला सुरक्षा समितिले अपिल गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ८ : २९ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास