२४ श्रावण २०८३, आइतबार | August 9, 2026

वास्तुशास्त्रको अध्ययन र अनुसन्धानका लागि नेपाल र अमेरिकाबीच सम्झौता गरिने



काठमाडौं । वास्तु शास्त्रको अध्ययन अनुसन्धानका विषयमा नेपाल संस्कृत विश्वविद्यालय र महर्षि अन्तरराष्ट्रिय विश्वविद्यालय आयोवा अमेरिकाबीच सम्झौता गरिने भएको छ ।

दुवै देशका विद्वान्लाई सहभागी गराएर नेपालमा आयोजना गरिएको छ हप्ते गोष्ठी समापनका अवसरमा शनिबार दुई विश्वविद्यालयबीच सम्झौता गर्न लागिएको नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिए ।

पछिल्लो समय नेपालमा वास्तुको अध्ययन, अध्यापनमा कमी आएका बेला त्यसलाई प्रवद्र्धन गर्ने उद्देश्यले दुवै देशका विद्वान्लाई सहभागी गराएर छ हप्ते कार्यक्रम आयोजना गरिएको थियो । जसको समापनका अवसरमा ऐतिहासिक सम्झौता गर्न लागिएको हो ।

शान्ति र समृद्धिका लागि वास्तुसम्बन्धी ज्ञान र प्रयोग अपरिहार्य भएकामा विद्वान्ले जोड दिएपछि दुवै विश्वविद्यालयबीच सम्झौता गरी यसलाई अघि बढाउन लागिएको हो । पूर्वीय दर्शनको वास्तुसम्बन्धी ज्ञान पश्चिमा देशमा पुगेपछि वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएकाले यसको उत्पत्तिस्थल नेपालमा यसको पुनरुत्थान गर्न लागिएको उनले बताए ।

महर्षि महेश योगीले विश्वव्यापी रुपमा प्रचारप्रसार गर्नुभएको वैदिक ज्ञानका १२ क्षेत्रमध्ये वास्तु पनि एक हो । यसअघि यस किसिमका चारवटा प्रशिक्षणात्मक वास्तुसम्बन्धी गोष्ठी नेदरल्यान्डमा सम्पन्न गरिएको थियो । नेपालमा यस किसिमको पहिलो कार्यक्रम गरिएको पनि फाउन्डेसनले जनाएको छ ।

कार्यक्रममा एसिया, युरोप, उत्तर तथा दक्षिण अमेरिका र अष्ट्रेलिया महादेशका १४ देशका २४ जना आर्किटेक इञ्जिनियरको सहभागिता रहेको छ । कार्यक्रमको समापन र दुई देशका दुई विश्वविद्यालयबीच शनिबार राजधानीमा सम्झौता गरिने कार्यक्रम रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  २ : ५२ बजे

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले