३१ बैशाख २०८१, सोमबार | May 14, 2024

सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १७ जना घाइते



काठमाडौं । दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

शनिबार तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिकास्थित मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटना पर्दा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका-६ की ३१ वर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका-६ की ४० वर्षीया अनिता बोहरा रहेकी छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको छ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ४१ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक