८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

नेपालको भौतिक विकासमा चीनको सहकार्य रहिरहन्छ : चिनियाँ राजदूत सोङ्ग



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसेटिभ’ (बीआरआई) परियोजनाको माध्यमबाट नेपालको भौतिक विकासमा सहकार्य गर्ने बताएका छन् ।

बीआरआईको दस वर्षको उपलक्ष्यमा आज नेपाल–चीनमैत्री मञ्चले यहाँ आयोजना ‘बीआरआईको एक दशक ः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा उनले चीन र नेपालबीचको सम्बन्धलाई बलियो बनाउँदै बीआरआईमा सहकार्य अघि बढाएर पूर्वाधार विकासमा सहयोग गरिने उल्लेख गरे

राजदूत सोङ्गले चीन बिआरआई परियोजनामार्फत नेपालको कनेक्टिभिटी, सडक, रेल, बन्दरगाह, दूरसञ्चार र हवाई उड्डयनआदि क्षेत्रमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे। उनले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार र विकासमा पनि चीन सहयोग गर्न तत्पर रहेको बताए।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सन् २०१९ मा नेपालमा भएको ऐतिहासिक भ्रमणका क्रममा बीआरआई परियोजना अघि बढाउन दुई देशबीच समझदारी बनेको उल्लेख गर्दै राजदूत सोङ्गले यसलाई कार्यान्वयन गरेर नेपालले लाभ लिनुपर्ने धारणा राखे। उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन र आपसी हितका विषयमा साझेदारीका लागी मञ्च उपयोगी हुने बताए ।

चीन नेपालको कृषि उत्पादन बढाउन र कृषि सामग्रीलगायत वस्तु आयात गर्न तयार रहेको छ भन्दै राजदूत सोङ्गले कृषिको आधुनिकीकरण, ऊर्जा र व्यापार प्रवद्र्धनका लागि पनि चीन सरकारको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरे। उनले औद्योगिक क्षमता अभिवृद्धि गर्दै नेपाली जनताको जीविकोपार्जन बढोत्तरी गर्न पनि चीनको सहयोग रहने बताए ।

कार्यक्रममा काठमाडौं स्कुल अफ लका प्रोफेसर डा युवराज सङ्ग्रौलाले नेपालको आर्थिक र सामाजिक विकासमा बीआरआई परियोजनाले निर्वाह गर्नसक्ने भूमिकाबारे बोलेका थिए ।

नेपाल–चीनमैत्री मञ्चका अध्यक्ष डा कल्याणराज शर्माले दुईपक्षीय हित र समृद्धिलाई अवसरका रूपमा बीआरआई परियोजना कार्यान्वयन गरी नेपालले लाभ लिनसक्ने धारणा व्यक्त गरे। लेखक डा सरोज धितालले बिआरआईको अवसरलाई नेपालले सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा व्यापार सम्बन्ध, लगानीका अवसर, सम्पर्क सञ्जाल विस्तार र औद्योगिक विकास तथा शैक्षिक सहकार्यका विषयमा विज्ञहरुद्वारा प्रस्तुत कार्यपत्रमा समूहगत छलफलबाट आगामी रणनीति तयार गरिनेछ । उक्त गोष्ठीमा नेपाल र चीनबीच अनुसन्धान तथा शैक्षिक सहकार्य र नेपालमा बिआरआईः लगानी तथा व्यापारको शैलीमा परिवर्तन विषयमा समूहगत छलफल गरिएको थियो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ५ : २७ बजे

मालढुङ्गा-बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५

मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौं । तपाई टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै

निर्धक्क भएर मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आह्वान

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण

कांग्रेसको बिस्तृत प्रतिज्ञा पत्रमा के के छन् ? (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुरमा सक्षिप्त प्रतिज्ञापत्र सार्वजकि गरेको