२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोशी कांग्रेसमा थप किचलो, शेखर समुहलाई कारबाही गर्न बैठक बोलाइयो



काठमाडौैं। कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ ।

कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले विद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन ।

कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरे पछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाईएको छ ।

बिहान ११ बजे देखि सुरु हुने उक्त बैठकले कार्की समुहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर्णय लिने जनाईएको छ । तर, कार्की समुहले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदलाई पार्टीको ह्वीप नलाग्ने भएकाले आफूहरूलाई कारबाही गर्न नसक्ने जनाउँदै आएका छन ।

त्यसमाथी, ओली सरकारमाथि परमादेश दिदाँ नै ह्वीप नलाग्ने बिषयमा ब्याख्या भएको तर्क गर्दै कांग्रेस संसदीय दलले कारबाही गर्न नसक्ने भएकाले आजै कार्कीले मुख्यमन्त्री नियुक्ती हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ९ : ४० बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय