३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

एनआरएनएद्धारा निर्मित अत्याधुनिक शौचालय हस्तान्तरण



पोखरा । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्को सहयोगमा पोखरा महानगरपालिका-९ महेन्द्र पुलमा नव निर्मित अत्याधुनिक शौचालयको उद्घाटन गरिएको छ ।

पोखरा महानगरपालिकाको सहकार्यमा बनेको शौचालयको उद्घाटन शुक्रवार एनआरएनएकी अध्यक्ष रविना थापा र पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले गरेका हुन । थापा एनआरएनएकी कार्यकारी अध्यक्ष रहेको समयमा शौचालय निर्माणका लागि एनआरएनए र पोखरा महानगरपालिकाबीचमा सम्झौता भई गत चैत्र २७ मा शिलान्यास भएको थियो । पहिलो किस्तामा ६० लाख र दोस्रो किस्तामा २० लाख गरी संघको कुल ८० लाखको लागतमा शौचालय निर्माण गरेको हो ।

महिला र पुरुषका लागि छुट्टा छुट्टै शौच गर्न मिल्ने प्रबन्ध सहितको शौचालय अपागंता भएका व्यक्तिले समेत सहज प्रयोग गर्न सक्ने खालको रहेको छ । साथै शौचालयमा सेनेटरी प्याड भण्डारको व्यवस्था तथा स्तनपान कक्ष र विद्युतीय सामाग्रीहरुका राख्नका लागि भण्डार कक्ष समेत रहेको छ । आगामी दिनमा शौचालयको वरीपरीको भुभागमा एनआरएनए पार्क समेत निर्माण गर्ने तयारी रहेको छ । कुल ९५ लाखको लागतमा पार्क सहीतको शौचालय बनाउने गरी परियोजना अघि बढेको हो । जसमा शौचालय निर्माण भैसकेको छ भने पार्क निर्माणको तयारीमा रहेको छ ।

नवनिर्मित शौचालयको उद्घाटन पश्चात एनआरएनएकी अध्यक्ष थापाले शौचालयको संरक्षण र कुशल सञ्चालनको दायित्व महानगरपालिकाको रहेको र त्यो कार्य महानगरपालिकाबाट हुनेमा विश्वास व्यक्त गरिन । एनआरएनएले गैरआवासीय नेपालीका साथैं नेपालमा रहेका नेपालीका लागि पनि काम गर्दै आएको र सामाजिक सेवाको क्षेत्रमा सहकार्य गर्न एनआरएनए सदैव तयार रहेको बताइन ।

सो अवसरमा एनआरएनएकी महिला सचिव टिका गुरुगं, सह कोषाध्यक्ष कृष्ण तिमिल्सेना, एनआरएनए स्वीजरल्याण्डका अध्यक्ष कृष्ण शिवाकोटी लगायत एनआरएनहरु र पोखरा महानगरपालिकाका अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १ : ५६ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका