१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

कोशीमा हस्ताक्षर सनाखत कार्य सम्पन्न



विराटनगर । कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु भएको थियो ।

सोही हक दाबी गर्दै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स-शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गर्नुभएको थियो । तर आङ्बो पक्ष भने हस्ताक्षर सनाखतका लागि उपस्थित भएन ।

नेकपा (एमाले) का ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १० : ०३ बजे

एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्र मन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजानिक गरिएको

कम्युनिस्ट पार्टी पुनर्गठन गरेर जाने विषयमा छलफल भइरहेको छ : अग्नी सापकोटा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आगामी

कांग्रेसले संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

काठमाडौं । नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी

गणतन्त्रात्मक शासन प्रणालीको सफल कार्यान्वयनमा सबै प्रतिबद्ध हुनुपर्छ : नेकपा प्रमुख सचेतक दुलाल

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा प्रत्यक्ष

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब