९ जेष्ठ २०८३, शनिबार | May 23, 2026

रुपन्देही उद्योग संघमा एमाले-काँग्रेसको प्यानल नै विजयी



बुटवल ।रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेकपा (एमाले) र नेपाली काँग्रेस पार्टी निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । संघको सोमबार सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् ।

सोमबार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार उनले ४०१ मत प्राप्त गरी विजयी भएका हुन् । अर्का प्रत्यासी माया खनालले २८६ मत प्राप्त गरिन् । यसैगरी कोषाध्यक्ष पदमा युवराज आचार्यले ३७८ मत प्राप्त गरी विजयी हुँदा अकौ प्रतिस्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत प्राप्त गरे । सचिवमा सुमन बस्यालले ३९६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी कमल ज्ञवालीले २९१ मत प्राप्त गरे । सह कोषध्यक्ष पदमा विशाल बेलबासेले ४२५ मत प्राप्त गरी विजयी हुँदा प्रेम बहादुर आलेले २६८ मत प्राप्त गरे । यसैगरी महिला सदस्यमा (२ जना) मिना थापा तुलाधर (४८९ मत) र सारदा भट्टराई (४५७ मत) विजयी हुँदा सारदा पहारीले २६२ मत मात्रै प्राप्त गरिन् ।

खुला सदस्यतर्फ कृष्ण प्रसाद पोखरेल (४८३), नारायण प्रसाद खनाल (४९२), मोहनिलाल रिजा (४३१), बलबहकादुर गोदार (४१५), अभिषेख गुप्ता (४२०), किरण खरेल (४८९), चक्रपाणी तिवारी (३७३) र अशोक कुँवर (४८०) निर्वाचित भएका छन् । पदाधिकारी तथा सदस्य सबै पदमा एमाले–काँग्रेस प्यानलका उम्मेदवार विजयी भएका हुन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु तुलबहादुर सारु (३५३), लालबहादुर थापा (३२०), नेत्रबहादुर रुचाल (२७३) र मोहन प्रसाद भट्टराईले ३१९ मत प्राप्त गरे ।

यसअघि नै अध्यक्ष पदमा दिलिप सापकोटा, संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल निर्वाचित भएका छन् । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बांकी एमाले निकट हुन् ।

यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ७ : २० बजे

नारायणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युत्मा क्षति

पाँचथर । अविरल वर्षापछि गए राति आएको बाढीपहिरोले पाँचथरको याङवरक

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट

केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह