१५ माघ २०८२, बिहिबार | January 30, 2026

समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने : अध्यक्ष नेपाल



भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताएका छन् ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान  कार्यक्रममा उनले संविधान असफल बनाउने प्रयास भइरहेको आरोप लगाए ।
पार्टीले समाजवादी जागरण रोजगारी, सुशासन, समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढाएको बताउँदै नेता नेपालले भ्रष्टाचार र व्यक्तिवादबाट मुक्त भइयो भने मात्र त्यसको सही कार्यान्वयन हुने बताए ।
“संविधानलाई असफल बनाउन खोज्ने, प्रतिगमनको दिशामा लैजान खोज्ने र पुरानै अवस्थामा यो देशलाई फर्काउन खोज्ने तत्वप्रति सबै होसियार हुनुपर्छ ।” सत्ता गठबन्धन पाँच वर्षका लागि बनेकाले गठबन्धन भत्काउँछौँ भन्ने सपना कसैले नदेखे हुन्छ भन्दै अध्यक्ष नेपालले देशलाई प्रतिगमनमा लैजान खोज्ने तत्वले अहिले पनि गठबन्धनन भत्काउन खोजिरहेको बताए ।
पछिल्ला समय नयाँ आएका दलले पुराना दल र तिनका नेता कुनै काम लाग्दैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले जनताले सक्कली र नक्कली कुराको पहिचान गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका कृषिमन्त्री डा राजेन्द्रमान श्रेष्ठ, श्रम तथा यातायातमन्त्री लक्ष्मण लम्साल, सङ्घीय सांसद तथा नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा, एकीकृत समाजवादीका नेता गुरुप्रसाद बुर्लाकोटीलगायतले देशका लागि सत्ता गठबन्धन अपरिहार्य रहेको चर्चा गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  ७ : २४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला